close

एक महिनामै ६ लाखले बढे फोरजी प्रयोगकर्ता

टेकपाना टेकपाना

पुस २९, २०७७ २१:३२

एक महिनामै ६ लाखले बढे फोरजी प्रयोगकर्ता

काठमाडौं । एक महिनामा मोबाइल ब्रोडब्याण्ड फोरजीको प्रयोगकर्ता संख्या ६ लाखले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लाे एमआईएस रिपाेर्ट अनुसार गत असोजसम्म ५७ लाख ७२ हजार ५८७ फोरजी प्रयोगकर्ता कार्तिकमा ६३ लाख ३२ हजार १९४ पुगेको छ ।

याे अवधिमा नेपाल टेलिकमका फाेरजी प्रयोगकर्ताकाे संख्या दुई लाखले बढेर २० लाख ४९ हजार ९१६ पुगेको छ भने एनसेलका फाेरजी प्रयाेगकर्ता करिब चार लाखले बढेको छ ।

रिपाेर्टअनुसार एनसेलका ४० लाख ८२ हजार ५१७ फाेरजी प्रयाेगकर्ता रहेका छन् । त्यस्तै स्मार्ट सेलका फाेरजी ग्राहक झण्डै २ लाखकाे हारहारीमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१