close

१६ वर्ष मुनीका बालबालिकासँग अब टिकटकमा डुयट गर्न नपाइने

टेकपाना टेकपाना

माघ १, २०७७ १२:१५

१६ वर्ष मुनीका बालबालिकासँग अब टिकटकमा डुयट गर्न नपाइने

काठमाडौं । अब युवा उमेर समूहको टिकटक अकाउन्ट अझ धेरै गोप्य बन्ने भएकाे छ । टिकटकले १३ देखि १५ वर्ष उमेर समूहका मानिसहरुको अकाउन्ट बाइ डिफल्ट प्राइभेट बनाउने बताएको छ । 

प्रयोगकर्ताहरुले आफ्नो भिडियो कसले हेर्ने र कमेन्ट गर्ने भनेर निर्धारण गर्नसक्ने टिकटकले बताएको छ । 

टिकटकमा साथी बनाएका प्रयोगकर्ताहरुले मात्र उनीहरुको भिडियो हेर्न सक्नेछन् । साथै अकाउन्टमा अन्य प्रयोगकर्ताको सजेसन पनि नआउने बताइएको छ । 

कोही तेस्रो व्यक्तिले टिकटकमा कमेन्ट गर्न चाहेको खण्डमा कमेन्ट सेक्सन नै डिसेबल हुन्छ । यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरुले पोस्ट गरेको भिडियोमा डुयट तथा स्टिच फिचर डिसेबल हुनेछ ।

अन्य व्यक्तिले उनीहरुको भिडियोलाई रिपोस्ट तथा प्रतिक्रिया दिनसक्ने छैन । यो उमेर समूहका व्यक्तिहरुको भिडियो डाउनलोड गर्न सकिने छैन । 

पछिल्ला वर्षहरुमा टिकटकले ‘टिनएज’ प्रयोगकर्ताहरुका लागि धेरै गोपनीयता नियन्त्रण गर्ने फिचरहरु ल्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१