close

अब चश्माले नै खोल्नेछ आईफोन, यस्तो छ एप्पलको तयारी

टेकपाना टेकपाना

माघ १, २०७७ १३:५६

अब चश्माले नै खोल्नेछ आईफोन, यस्तो छ एप्पलको तयारी

काठमाडौं । एप्पलले निमार्ण गर्न लागेको एप्पल ग्लासले अब आईफोन प्रयोगकर्तालाई फोन अनलक गरिराख्नुपर्ने झन्झटको अन्त्य गर्ने भएको छ ।

यो प्रविधिको लागि एप्पलले भर्खरैमात्र प्याटेन्ट प्राप्त गरेको छ । योसँगै कम्पनीले अब आउने एप्पल ग्लासमार्फत नै आईफोन खोल्न मिल्ने सिस्टम ल्याउने जनाएको छ । यसअघि नै एप्पलले यही प्रविधिको प्रयोग एप्पल वाच र म्याक प्रयोगमा ल्याएको थियो ।

यसअघि एप्पल वाचबाटै प्रयोगकर्ताले म्याकबुक खोल्न सक्ने सुविधा पाएका थिए । त्यसैलाई विस्तार गर्दै अब ग्लासमा पनि उक्त प्रविधि प्रयोगमा ल्याउने तयारी कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार त्यसका लागि एआर टेक्नोलोजी प्रयोग भएको छ । जसमार्फत चश्मामै डिस्प्ले देख्न मिल्ने फिचर रहनेछ । उक्त ग्लास सन् २०२१ भित्रै सार्वजनिक हुने अनुमान गरिएको छ ।

एप्पल इन्साइडरका अनुसार चश्मालाई आइफोनसँग कनेक्ट गरेपछि सबै डेटा चश्माको डिस्प्लेमा आउनेछ, र सहजै आईफोन अनलक गर्न सकिनेछ । यतिसम्म कि आईफोन खोल्नका लागि प्रयोगकर्ताले फोनमा हेरी राख्नुपर्ने पनि छैन ।

यो एप्पल ग्लासको मूल्य चार सय ९९ अमेरिकी डलर हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१