विद्युत प्राधिकरणले फाइबरको भाडा दोब्बर बढायो, इन्टरनेटको मूल्य बढ्ने

internet user in nepal

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएसँगै अब इन्टरनेटको मुल्य बढ्ने भएको छ । प्राधिकरणले यसअघि फाइबरमा लिदै आएको शूल्क वृद्धि गरेर दुई गुणाले बढाएको हो ।

प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडिट फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको छ । यसअघि इन्टरनेट सेवा प्रदायकले यसका लागि १६ हजार ४ सय रुपैयाँ तिर्दै आएका थिए ।

त्यस्तै यसअघि १४ हजार ७ सय तिर्दै आएको ३३ केभी र सो भन्दा कमको भोल्टेजस्तरको प्रशारण लाइनमा जडित फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक बढाएर प्राधिकरणले ३३ हजार लाग्ने निर्णय गरेको छ ।

मङ्गलबार नै प्राधिकरणले पत्र लेख्दै इन्टरनेट सेवाप्रदायकहरुलाई शुल्क वृद्धिको जानकारी गराएको हो ।

प्राधिकरणको यो निर्णयसँग इन्टरनेटको मुल्य बढ्ने भएको हो । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीका अनुसार प्राधिकरणको यो निर्णयको असर इन्टरनेट सेवाग्राहीमा पर्ने छ ।

‘अहिले ईन्टरनेटको कुल शुल्कमा ४/५ प्रतिशत फाइबरको मूल्य जोडिएको हुन्छ’ उनले भने ‘ अब भाडा नै बढाएपछी ईन्टरनेटको मूल्य स्वभाविक रुपमा नै बढ्छ’ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team