close

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

टेकपाना टेकपाना

माघ १, २०७७ २०:३

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं । बिहीवारदेखि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि निःशुल्क गरेको उक्त सेवा प्रयोगबापत आजदेखि शुल्क लाग्ने भएको हो ।

बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।

तर गत चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गरेकाे बन्दाबन्दीदेखि हालसम्म अन्तरबैंक एटीएम नि:शुल्क रुपमा प्रयोग हुँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१