close

साओमीसहित १० चिनियाँ कम्पनी माथि अमेरिकामा प्रतिबन्ध

टेकपाना टेकपाना

माघ २, २०७७ ११:२२

साओमीसहित १० चिनियाँ कम्पनी माथि अमेरिकामा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले आफ्नो कार्यकालको अन्तिम दिन चीन विरुद्ध एउटा ठूलो निर्णय लिएका छन् । ट्रम्पले साओमी समेत गरी कूल ९ वटा चिनियाँ कम्पनीलाई उनले ब्ल्याक लिस्टमा राखेका हुन् ।

यी कम्पनीहरुमाथि चिनियाँ सेनासँग साठगाठ गरेको आरोप लगाइएको छ । ट्रम्प प्रशासनले यस सन्दर्भमा पिपुल्स रिपब्लिक अफ चाइना मिलिट्री सिभिल फ्युजन डेभलपमेन्ट स्ट्राटेजीलाई प्रमुखताका साथ जोड दिएको छ ।

जसले पिपुल्स लिबरेसन आर्मी (पीएलए) लाई आधुनिक बनाइरहेको छ । जसबाट अत्याधुनिक प्रविधि र विकासको आवश्यकतालाई पुरा गर्न सकिनेछ ।

यस्ता छन् साओमीसँगै प्रतिबन्धमा परेका अन्य कम्पनी ट्रम्प प्रशासनको तर्फबाट प्रतिबन्ध लगाइका कम्पनीहरुमा स्मार्टफोन निर्माता कम्पनी साओमी र तेल उत्पादक कम्पनी सिनोकको नाम प्रमुखताका साथ बाहिर आएको छ ।

ब्ल्याक लिस्टमा परेका कम्पनीमा धेरैजसो एभिसन, एरोस्पेस, दूरसञ्चार, निर्माण आदि क्षेत्रसँग सम्बन्धित छन् । ट्रम्प प्रशासनको तर्फबाट कालो सूचीमा राखिएका कम्पनीले अमेरिकामा लगानी गर्न पाउने छैनन् ।

साथै यी कम्पनीहरुले आफ्नो यस अघिको लगानीलाई ११ नोभेम्बर २०२१ सम्म कम गर्नुपर्नेछ । यस बाहेक प्रतिबन्धमा पर्ने अर्को कम्पनी चिनियाँ सरकारको लगानी रहेको विमान निर्माता कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइन लिमिटेड हो ।

ट्रम्प प्रशासनको तर्फबाट टेलिकमसँग सम्बन्धित ह्वावे र जेडटीई जस्ता कम्पनीमाथि यस अघि नै प्रतिबन्ध लागिसकेको छ । अमेरिकी सरकारले साओमीलाई चिनियाँ सैन्य कम्पनीको रुपमा लेबल लगाएको छ ।

अमेरिकाको कालो सूचीमा परेसँगै हङकङमा सूचीकृत साओमीको शेयर मूल्य शुक्रबार १०.६ प्रतिशतले घेको छ । बेइजिङमा आधारित साओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१