close

ह्याप्पी बर्थ डे विकिपिडिया

टेकपाना टेकपाना

माघ २, २०७७ १३:११

ह्याप्पी बर्थ डे विकिपिडिया

काठमाडौं । सन् २००१ को जनवरी १५ मा दुई जना अमेरिकी उद्यमी जिम्मी वेल्स र ल्यारी स्यांगरले अनलाइन इन्साइक्लोपेडिया सार्वजनिक गरे । जुन ‘विकिपिडिया’ को रुपमा विश्वव्यापी परिचित हुँदै २० औं वार्षिक उत्सव मनाइरहेको छ ।

सुरुवाती चरणमा गलत जानकारी र भरपर्दो नभएको भन्ने किसिमका आलोचना खेपेको ‘विकिपिडिया’ आज इन्टरनेटको दुनियमा सफल प्लेटर्फम भएको छ । यो अहिलेको इन्टरनेट विश्वको १५ औं चर्चित गन्तव्य हो ।

तीन सयभन्दा बढी भाषामा उपलब्ध यो प्लेटफर्म स्वयम्‌सेवक सम्पादकहरुको समुदायबाट व्यवस्थापन हुँदै आएको छ । जसमा आज ६२ लाख २६ हजारभन्दा बढी अंग्रेजी आर्टिकल, १६ लाख ५२ भन्दा बढी स्पेनिस आर्टिकल, २२ लाख ८७ हजार भन्दा बढी फ्रेन्च आर्टिक्ल, ११ लाख ६९ हजार भन्दा बढी चिनियाँ आर्टिकल समावेश छन् ।

सबै गरी यसमा कुल पाँच करोड ६० लाखभन्दा बढी आर्टिकल रहेका छन् । यसैगरी एक अर्ब ७० करोड मासिक भिजिटर रहेका छन् ।

यी सबै कुरा सत्य नै होलान् । किन भने यी सबै जानकारी विकिपिडियामार्फत नै संकलन गरिएका हुन् । विकिपिडिया आज विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, पत्रकार सबैका लागि कुनै पनि विषयमा जानकारी लिने सबैभन्दा सहज माध्यम बनेको छ ।

तर, पनि विकिपिडिया आफैले आफ्नो प्लेटफर्मलाई प्राइमरी अर्थात प्राथमिक स्रोतका रुपमा प्रयोग नगर्न सुझाव दिँदै आएको छ । तर पनि यसलाई पछिल्लो समय धेरैले भरपर्दो स्रोतको रुपमा लिँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१