close

अब वान ड्राइभमा २५० जीबीसम्मका फाइल अपलोड र शेयर गर्न सकिने

टेकपाना टेकपाना

माघ २, २०७७ १६:३४

अब वान ड्राइभमा २५० जीबीसम्मका फाइल अपलोड र शेयर गर्न सकिने

काठमाडौं । माइक्रोसफ्टको वान ड्राइभ, टिम्स र शेयरप्वाइन्टमा अब दुई सय ५० जीबीसम्मको फाइल एकै पटक अपलोड गर्न सकिने भएको छ । कम्पनीले यसअघि रहेको सय जीबीको सीमा बढाएर २५० जीबी पुर्‍याको हो ।

कोभिड–१९ का कारण घरबाटै काम गरिरहेकाहरुका लागि माइक्रोसफ्टको यो निर्णय पक्कै पनि लाभदायी हुनेछ । किन भने, घरबाटै काम गर्नुपर्ने अवस्थामा फोरके, एटके भिडियो, सीएडी फायल, साइन्टिफिक डेटावेस आफ्ना साथीभाइ तथा क्लाइन्टलाई शेयर गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो परिवर्तन पर्सनल ड्राइभमा समेत लागु हुनेछ । जसले ठूला फोटो तथा भिडियोको संकलन शेयर गर्न समेत सहज हुनेछ । यो नयाँ परिवर्तन यही महिनाको अन्त्यबाट कार्यान्वयनमा आउने माइक्रोसफ्टले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१