close

अब जुनसुकै मोबाइल बैंकिङमार्फत राजस्व तिर्न सकिने

टेकपाना टेकपाना

माघ २, २०७७ १४:९

अब जुनसुकै मोबाइल बैंकिङमार्फत राजस्व तिर्न सकिने

काठमाडौं । अब जुनसुकै बैंकको मोबाइल बैंकिङ एपमार्फत करदाताले आन्तरिक राजस्व कार्यालयको राजस्व भुक्तानी गर्नसक्ने भएका छन् । करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सकिने भएको हो ।

मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन पेको तर्फबाट प्रमुख प्रविधि अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।

यससँगै अब करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट भुक्तानी गर्न सक्ने छन् । मोबाइल बैंकिङमै यो सेवा उपलब्ध भएपछि राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटको समेत अन्त्य भएको छ ।

फोन पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोन पे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट समेत यसमा जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१