close

सुरु भयो नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट

टेकपाना टेकपाना

माघ २, २०७७ १५:१०

सुरु भयो नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूको आयोजनामा आजबाट अनलाइन फुड फेस्ट सुरु भएको छ । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि यस्तो फेस्ट आयोजना गरिरहेको छ ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ । जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकलाई मनोरञ्जन समेत प्रदान गर्दछ ।

एक सातासम्म सञ्चालन हुने उक्त फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अगुमेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना हुँदैछ । लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, सञ्जय महत, उज्ज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

फुडमाण्डूको अनलाइन फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना भइरहेको छ । कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एपमार्फत अर्डर गर्ने ग्राहकलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिइरहेको छ । त्यसैगरी, कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा उपलब्ध गराएको छ ।

अनलाइन फुड फेस्टिवलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकलाई खानेकुरा उपलब्ध गराइरहेको छ । भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरि फ्लास सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१