close

क्लाउडमा आधारित फाइभजी नेटवर्क तयार गर्न गुगल र नोकियाबीच साझेदारी

टेकपाना टेकपाना

माघ २, २०७७ १७:२९

क्लाउडमा आधारित फाइभजी नेटवर्क तयार गर्न गुगल र नोकियाबीच साझेदारी

काठमाडौं । नोकिया कम्पनीले फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माणका लागि अल्फाबेटको गुगल क्लाउड यूनिटसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै अब विजनेस सेवाग्राहीहरुलाई स्मार्ट रिटेल तथा अटोमेटेड मेनुफ्याक्चरिङ जस्ता सेवा अफर गर्न सक्ने छन् ।

अहिले माइक्रोसफ्ट तथा अमेजनजस्ता ठूला कम्पनीहरुको क्लाउड कम्प्युटिङ युनिट फाइजी पूर्वाधारको डिप्लोयमेन्ट अगावै टेलिकम भेण्डरहरुसँग टाइअप गरिरहेका छन् । ताकि नयाँ प्रविधिले ल्याएको नयाँ किसिमको व्यवसायमा पर्याप्त शेयर प्राप्त गर्न सकियोस् ।

नयाँ व्यवसायिक वातवारण तयार गर्न दुबै पक्षले आफ्नो विज्ञताको क्षेत्रमा काम गर्ने छन् । नोकियाले आफ्नो फाइभजी विज्ञलाई तैनाथ गराउनेछ । यस्तै, गुगल क्लाउडले एप्लिकेसन लन्च गर्न तथा सर्भिसको इकोसिस्टम तयार गरी सेवाग्राहीहरुलाई सहयोग दिन प्लेटफर्मको रुपमा काम गर्नेछ ।

गुगल क्लाउडका व्यवस्थापक निर्देशक रहेका अमोल पाढ्केका अनुसार माथि उल्लेखित केही फिचर तथा सेवा यसै वर्षको अन्त्यसम्म लाइभ हुनेछ ।

तर सेवाको उपलब्धताको समयतालिका भने टेलिकम अपरेटरमा निर्भर हुने उसले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१