close

ह्वाट्सएप चलाउन छोड्दै हुनुहुन्छ ? यस्ता छन् उत्कृष्ट ५ विकल्प

टेकपाना टेकपाना

माघ २, २०७७ २०:३४

ह्वाट्सएप चलाउन छोड्दै हुनुहुन्छ ?  यस्ता छन् उत्कृष्ट ५ विकल्प

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कको एउटा ट्वीट ह्वाट्सएपका लागि ठूलो दुर्भाग्य बन्यो । वास्तवमा यो सबैको सुरुवात एक दिन अगाडि ह्वाट्सएप आफैंले सार्वजनिक गरेको आफ्नो अपडेटेड प्राइभेसी पोलिसीबाट भएको थियो ।

एलन मस्कको ट्वीटले अझ आगोमा घ्यू थप्ने काम गर्‍यो । परिणामस्वरुप अहिले मानिसहरु ह्वाट्सएप छाडेर त्यसका विकल्पको खोजी गर्न थालेका छन् ।

यसैबीच अर्को सुरक्षित इन्क्रिप्टेड म्यासेजिङ एप सिग्नलको भने भाग्य चम्किएको छ । यदि तपाईं पनि ह्वाट्सएप छोडेर यसका अन्य विकल्पतिर जान खोजिरहनु भएको छ भने हामी तपाईंलाई त्यस्ता पाँचवटा एपका बारेमा बताउँदै छौं ।

सिग्नल

ह्वाट्सएपको विकल्पमा अहिले सबैभन्दा अगाडि आएको एप भनेकै सिग्नल हो । प्रयोगकर्ताको गोपनीयतामा केन्द्रीत रहेको हुँदा यो एप निकै लोकप्रिय बनिरहेको छ ।

यो ह्वाट्सएप जस्तै एण्ड टु एण्ड इन्क्रिप्सन सहितको एप हो । प्रयोगकर्ताका सबै म्यासेज इन्क्रिप्टेड हुने र त्यसलाई कम्पनी वा अन्य थर्ड पार्टीले समेत हेर्न नमिल्ने व्यवस्था यसमा गरिएको छ ।

सिग्नललाई एउटा गैरनाफामूलक संस्थाले डोनेसनको भरमा सञ्चालन गर्दै आएको छ । सिग्नल एप आफैंमा पनि ओपन सोर्स एप हो ।

यसका सम्पूर्ण कोडहरु अनलाइन तथा सार्वजनिक अनुगमनका लागि उपलब्ध हुन्छन् । यदि यसमा केही गोपनीयताको समस्या देखियो भने त्यसलाई सुरक्षा विज्ञहरुले चेक जाँच गर्न सक्छन् ।

वास्तवमा ह्वाट्सएपको इन हाउस इन्क्रिप्सन सिस्टम पनि सिग्नलकै कोड प्रयोग गरी बनाइएको हो ।युजर एक्सपिरियन्सको मामिलामा यो ह्वाट्सएपभन्दा कम छैन ।

त्यसैले ह्वाट्सएपबाट सिग्नलमा जान खासै ठूलो समस्या पनि हुँदैन । म्यासेज आदान प्रदान गर्न, ग्रुप बनाउन तथा भ्वाइस एवम् भिडियो कल गर्न सबै कुराका लागि इन्टरफेस दुवैमा एकै किसिमको छ ।

सिग्नल आईफोन, आईप्याड, एन्ड्रोइड, विण्डोज, म्याकलिनक्स सबैमा उपलब्ध छ । यो एप निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले आफ्नो फोन नम्बरबाट साइनअप गर्नुपर्ने हुन्छ ।

टेलिग्राम

गोपनीयताप्रति प्रतिबद्ध रहेकै कारण टेलिग्राम लामो समयदेखि ह्वाट्सएपको असल विकल्प मानिन्छ । यसमा तपाईंले दुई लाखसम्म प्रयोगकर्ताको ग्रुप बनाउन सक्नुहुन्छ ।

साथै दुई जीबीसम्मको फाइल निःशुल्क शेयर गर्ने सुविधा समेत यसमा छ । ह्वाट्सएपको डिसअपियरिङ म्यासेजभन्दा फरक यसमा पब्लिक च्यानल तथा सेल्फ डिस्ट्रक्टिङ म्यासेजहरु हुन्छन् ।

टेलिग्राममा पृथक फिचरको सूची पनि निकै लामो छ । उदाहरणका लागि टेलिग्राम बोट्स । यो फिचरमार्फत च्याटबोट्स प्रयोग गरी विभिन्न सेवा तथा अटोमेसनहरु टेलिग्राममा इन्टिग्रेट हुन्छन् ।

यो एपमा एण्ड टु एण्ड इन्क्रिप्टेड च्याट छ । तर डिफल्ट च्याटहरु पनि टेलिग्रामको सर्भरमा स्टोर हुन्छन् । यदि तपाईं एकदमै गोप्य र डिभाइस टु डिभाइस इन्क्रिप्टेड च्याट चाहनुहुन्छ भने यसको सेक्रेट मोड फिचर प्रयोग गर्नुहोस् ।

एकपटक इनेबल भइसकेपछि म्यासेजहरु तपाईंको फोनमा स्टोर हुन्छन् । एउटा व्यक्तिले म्यासेज डिलिट गरेपछि त्यो दुवै डिभाइसबाट डिलिट हुन्छ । यो निःशुल्क उपलब्ध छ ।  आईफोन, आईप्याड, एन्ड्रोइड, विण्डोज, म्याकलिनक्स, एप्पल वाचवेबमा उपलब्ध छ ।

डिस्कोर्ड

गेम च्याट प्लेटफर्मको रुपमा सुरु भएको डिस्कोर्ड समयक्रममा एउटा राम्रो म्यासेजिङ एपको रुपमा उदायो । आजको समयमा यो स्ल्याक र ह्वाट्सएपको राम्रो विकल्प हो ।

यो एउटा सर्भरमा आधारित एप हो । तर यसमा गोप्य म्यासेजिङ फिचर पनि छ । जुन ह्वाट्सएपको जस्तै छ ।

यसको ‘फ्रेण्डस्’ ट्याबबाट तपाईंले साथीहरुलाई जोड्न सक्नुहुन्छ । यसका लागि साथीहरुको युजरनेम वा गेमर ट्याग प्रयोग गर्नुपर्ने हुन्छ ।

तपाईंले गोप्य म्यासेजिङ, ग्रुप च्याट, ग्रुप कल, मिडिया शेयरिङ र अन्य धेरै कुराका लागि डिस्कोर्डको प्रयोग गर्न सक्नुहुन्छ । यसमा १० जनासम्म ग्रुप च्याट गर्न सकिन्छ ।

यदि तपाईंलाई थप आवश्यकता भएको अवस्थामा आफ्नै डिस्कोर्ड सर्भरबाट पनि सुरु गर्न सक्नुहुन्छ । निः शूल्क रुपमा रहेका फिचरले भरिपूर्ण यो एप गोप्य एप सिग्नल र टेलिग्रामभन्दा चाहि फरक छ ।

यसमा तपाईंले फोन नम्बरबाट साइनअप गर्नु पर्दैन वा वास्तविक नाम पनि आवश्यक पर्दैन । यसलाई तपाईंले आईफोन, आईप्याड, एन्ड्रोइड, म्याक, विण्डोजलिनक्समा प्रयोग गर्न सक्नुहुन्छ ।

किबेस

यदि तपाईं सेक्युरिटी किलाई ११ मा टर्न गर्न चाहनुहुन्छ भने किबेस प्रयोग गरी हेर्नुहोस् । किबेस प्राइभेट तथा पब्लिक आईडेन्टिफायर किका लागि कि डायरेक्टरीको रुपमा सुरु भएको हो ।

तर यसमा पनि एण्ड टु एण्ड इन्क्रिप्टेड म्यासेजिङ तत्व भने छन् । यो म्यासेजिङ फिचरलाई प्राइभेट म्यासेजिङ, ग्रुप र टिमका लागि प्रयोग गर्न सकिन्छ ।

किबेस एउटा ओपनसोर्स एप हो । यसले पब्लिक कि क्रिप्टोग्राफी प्रयोग गरी म्यासेजलाई सुरक्षित गर्दछ । यसमा म्यासेज, मिडिया तथा फाइल ट्रान्सफरहरुलाई यसरी सुरक्षित राखिएको हुन्छ कि किबेसले पनि तपाईंको म्यासेज पढ्न सक्दैन ।

तपाईंले यो एपलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यो आईफोन, आईप्याड, एन्ड्रोइड, म्याक, विण्डोजलिनक्समा प्रयोग गर्न सकिन्छ ।

थ्रीमा

थ्रीमा एपले प्रयोगकर्ताको सुरक्षालाई निकै गम्भिरताका साथ लिन्छ । यो एप प्रयोग गर्न तपाईंले सुरुमा २.९९ डलरमा किन्नै पर्छ ।

जुन वान टाइम अर्थात एक पटकका लागि तिर्नुपर्ने शुल्क हो । यसको प्रतिफल स्वरुप तपाईंले यो प्लेटफर्मबाट जाने सम्पूर्ण डेटा तथा म्यासेजमा एण्ड टु एण्ड इन्क्रिप्सन सेवा पाउनुहुनेछ ।

यसमा म्यासेज, भिडियो कल, फाइल तथा स्टाटस अपडेट सबै पर्दछन् । यसमा तपाईंले अज्ञातरुपमै सम्पर्क गर्न सक्नुहुन्छ । यसका लागि कुनै फोन नम्बर वा ईमेल अकाउन्ट भेरिफिकेसनको आवश्यकता पनि पर्दैन ।

यसले तपाईंका लागि रेन्डम आईडी जेनेरेट गरिदिन्छ र त्यसमध्ये एउटा प्रयोग गरी तपाईंले सञ्चार गर्न सक्नुहुन्छ । थ्रीमाले तपाईंको कुनै पनि डेटा संकलन गर्दैन र कुनै विज्ञापन देखाउँदैन ।

यो स्विटजरल्याण्डमा बनेको एप हो यसको सर्भर पनि त्यही मुलुकमा छ । यसमा पनि अन्य एपमा जस्तै फिचरहरु छन् । डेस्कटप वेबमा समेत यो प्रयोग गर्न सकिन्छ । यो आईफोन, आईप्याड, एन्ड्रोइड र वेबमा उपलब्ध छ ।

यी पाँच विकल्प बाहेक बोनस विकल्पको रुपमा तपाईंले स्वदेशी एप हाम्रो पात्रो समेत प्रयोग गर्न सक्नुहुन्छ । हालै मात्र हाम्रो पात्रोले म्यासेज, अडियो तथा भिडियो कलिङ सेवाको रुपमा हाम्रो म्यासेज सञ्चालनमा ल्याएको छ ।

एण्ड टु एण्ड इन्क्रिप्सन फिचर भएको यो एप नेपाली भाषामै प्रयोग गर्न सकिने सुविधा समेत छ । यो एपमा समेत प्रयोगकर्ताका सबै म्यासेज इन्क्रिप्टेड हुने र त्यसलाई कम्पनी वा अन्य थर्ड पार्टीले समेत हेर्न नमिल्ने व्यवस्था गरिएको छ ।

बेटा भर्सनको रुपमा परीक्षणमा रहेको यो एप हाल नेपाल सहित दश ओटा देशमा मात्र उपलब्ध छ । निकट भविष्यमा आईओएस तथा विश्वभर रहेका एन्ड्रोइड प्रयोगकर्ताले समेत यो फिचर प्रयोग गर्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१