close

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिशहोममा

टेकपाना टेकपाना

माघ २, २०७७ १९:२९

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिशहोममा

काठमाडौं । पीएम कप (पुरुष एक दिवसीय) २०७७ को प्रत्यक्ष प्रसारण डिशहोमबाट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोना हुने उक्त खेलको प्रसारणका लागि डिश मिडिया नेटवर्क र क्यानबीच सम्झौता भएको हो ।

काठमाडौंको कीर्तिपुर तथा मुलपानी क्रिकेट मैदानमा माघ २ बाट सुरु हुने पीएम कप २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशिक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुने दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी, एपीएफ, कर्णाली, गण्डकी र प्रदेश नम्बर १ छन् । त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश नम्बर २, बागमती र सुदूरपश्चिम रहेका छन् ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो सेमिफाइनल माघ १५ गते हुनेछ ।

फाइनल खेल भने माघ १७ गते हुने आयोजकले जनाएको छ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि डिशहोमको एक्सन स्पोर्टस्‌ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१