close

विद्युतीय कार निर्माता कम्पनी टेस्ला भारत आउँदै

टेकपाना टेकपाना

माघ ३, २०७७ ८:५

विद्युतीय कार निर्माता कम्पनी टेस्ला भारत आउँदै

काठमाडौं । एलन मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्ला अब छिमेकी देश भारतमा आउने भएको छ । यसका लागि कम्पनीले भारतका पाँचवटा राज्यसँग कुराकानी गरिरहेको छ ।

भारतमा कम्पनीले आफ्नो स्टोर, कार्यालय, आर एण्ड डी (अनुसन्धान तथा विकास) सेन्टर र प्रडक्सन सेन्टर स्थापना गर्नेछ । हाल टेस्ला भारतमा आफ्नो कार्यालयका गतिविध सुरु गर्नका लागि अनुकूल स्थानको खोजीमा रहेको छ ।

तर भारतमा उच्च गरिबीका कारण टेस्लाको बजार नभएको धेरैको विश्लेषण छ । यद्यपी भारतको एक अर्ब ३८ करोड जनसंख्यालाई नै टेस्लाले आफ्नो कार नबेच्ने र सानो हिस्सालाई बेच्ने उद्देश्य लिएको छ । 

हाल भारतमा करिब एक अर्ब ३० करोड मानिसहरु टेस्लाको कार खरिद गर्न नसक्ने अवस्थामा छन् । तर भारतको आठ करोड ५० लाख जनसंख्या भने टेस्लाको कार किन्न सक्ने हैसियतमा रहेको बताइएको छ ।

टेस्लाको कारको मूल्य महङ्गो भएता पनि भारतमा यसको उत्पादन प्लान्ट भइसकेपछि यो सस्तो पर्न सक्ने कम्पनीले बताएको छ । जसको फाइदा नेपाललाई समेत पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१