close

यसरी निष्कृय पार्नुहोस् आफ्नो ट्वीटर अकाउन्ट

टेकपाना टेकपाना

माघ ३, २०७७ १०:५८

यसरी निष्कृय पार्नुहोस् आफ्नो ट्वीटर अकाउन्ट

काठमाडौं । ट्वीटरको फाइदा कति धेरै छन् भन्ने कुरामा दुई मत छैन । विश्वभरका समाचार, ट्रेण्डिङ, विश्वविख्यात व्यक्तित्वहरुको व्यक्तिगत अभिव्यक्ति तथा टिप्पणी सबै कुराको प्याकेज पाइने एउटै ठाउँ ट्वीटर नै हो ।

तर ट्वीटरमा जति धेरै मसला छन्, दुर्गन्ध पनि त्यति नै छ । षडयन्त्रको सिद्धान्त बिक्ने ठाउँ, टिकाटिप्पणी, आलोचना, विष बमन, विवाद र खराब पात्रहरुको अड्डा जम्ने साझा ठाउँ पनि ट्वीटर नै हो ।

यस्ता सामग्रीले तपाईंको पनि टाउको दुखाएको छ र ट्वीटरभित्रको विवादपूर्ण विश्वबाट बाहिर आउन चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसको तरिका बारे बताउँदै छौं ।

कुनै पनि एप प्रयोग गर्नुहुन्छ र त्यसमा आफ्नो अकाउन्ट बनाउनु भएको छ भने फोन वा डिभाइसबाट एपलाई अनइन्स्टल गर्नुले मात्र यो समस्याको समाधान मिल्दैन । त्यसका लागि तपाईंले आफ्नो अकाउन्टलाई प्रक्रियागत ढङ्गबाट डिएक्टिभेट समेत गर्नुपर्दछ । 

ब्राउजरमा अकाउन्ट डिएक्टिभेट गर्नुहोस् 

१. सबैभन्दा पहिला ब्राउजरमा ट्वीटर डट कममा जानुहोस् र अकाउन्ट लग ईन गर्नुहोस् । 

२. अब स्क्रिनको तलतिरको बायाँ भागमा रहेको ‘मोर’ मा क्लिक गर्नुहोस् । मोबाइल ब्राउजरमा हो भने आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् । 

३. ‘सेटिङ एण्ड प्राइभेसी’ सेलेक्ट गर्नुहोस् र अब ‘योर अकाउन्ट’मा क्लिक गर्नुहोस् । 

४. अब यो सूचीको सबैभन्दा तल रहेको ‘डिएक्टिभेट योर अकाउन्ट’ मा ट्याप गर्नुहोस् । 

४. अन्तिममा पेजको तलतिरको भागमा रहेको ‘डिएक्टिभेट’ लिङ्कमा जानुहोस् । 

डिएक्टिभेट लिङ्कमा तपाईंले धेरै कुरा पाउन सक्नुहुन्छ । त्यहाँ तपाईंले देख्नसक्ने कुराहरु राखिएका हुन्छन् । अकाउन्ट रिस्टोर गर्न सकिने कुरा पनि हुन्छन् ।

यदि तपाईंको अकाउन्ट भुलवश डिलिट भएको छ भने त्यसलाई ३० दिन वा १२ महिनासम्ममा पुनः एक्टिभेट गर्न सक्नुहुन्छ । 

साथै तपाईंले यहाँ क्लिक गरेर आफ्नो अकाउन्टको नाम परिवर्तन गर्न सक्नुहुन्छ । विभिन्न अकाउन्टमा आफ्नो नाम प्रयोग गर्न सक्नुहुन्छ वा ट्वीटर डेटा डाउनलोड गर्न समेत सक्नुहुन्छ । 

ट्वीटर एपमा अकाउन्ट डिएक्टिभेट गर्नुहोस्

१. स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने ट्वीटर एपमा गएर लग ईन गर्नुहोस् । 

२. माथि बायाँतिर रहेको कुनामा तीन लाइनको हामबर्गर आइकनमा ट्याप गर्नुहोस् । त्यो साइडबाट एउटा मेनु पपआउट हुन्छ । तल रहेको ‘सेटिङ एण्ड प्राइभेसी’ मा ट्याप गर्नुहोस् । 

३. अब मथिल्लो भागमा रहेको ‘अकाउन्ट’ मा ट्याप गर्नुहोस् र अकाउन्ट सेटिङ पेजको तल रहेको ‘डिएक्टिभेट योर अकाउन्ट’ लाई सेलेक्ट गर्नुहोस् । 

ध्यान दिनुपर्ने केही कुराहरु :

१. माथिको प्रक्रिया पुरा गरेर अकाउन्ट डिएक्टिभेट गर्न थाल्दा ३० दिनसम्म तपाईंको डेटा तथा विवरण ट्वीटर कम्पनीसँगै रहने हुँदा उक्त अवधिमा सामान्य तरिकाले नै पुनः लगईन गर्नसक्नुहुन्छ । 

२. यदि पुरानै युजर नेम र ईमेल एड्रेसबाट नयाँ ट्वीटर अकाउन्ट बनाउन चाहनुहुन्छ भने अकाउन्ट डिएक्टिभेट गर्नु अघि नै अहिलेको अकाउन्टबाट विभिन्न युजरनेम र ईमेल एड्रेसमा स्विच गर्नुहोस्  । 

३. यदि तपाईं ट्वीटरमा रहेको आफ्नो डेटा डाउनलोड गर्न चाहनुहुन्छ भने अकाउन्ट डिएक्टिभेट गर्नु अघि नै उक्त काम गर्नुहोस् । किन भने ट्वीटरले एक्टिभ नरहेको अकाउन्टबाट डेटा पठाउँदैन । 

४. गुगल तथा अन्य सर्च इंजिनमा तपाईंले खोज्नु भयो भने आफ्नो पुरानो प्रोफाइल र ट्वीट पाउन सक्नुहुन्छ तर अरुले गर्दा त्यसमा इरर म्यासेज आउँछ । 

५. ट्वीटरबाट तपाई बाहिरिएसँगै अब तपाईंका समाचार तथा मिम्सहरु पनि हराएर जानेछन् । ट्रेण्डिङ र सोसल मिडिया फिडबाट आफू बञ्चित हुन्छु जस्तो लाग्छ भने तपाईंसँग विभिन्न विकल्पहरु छन् । मस्टोडोन, रेडिट, फर्बिस, टम्बलर, फेसबुक आदि राम्रा विकल्प हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१