close

७ हजार एमएएचको ब्याट्री सहित ग्यालेक्सी एम६२ ल्याउँदै सामसङ

टेकपाना टेकपाना

माघ ३, २०७७ १६:४४

७ हजार एमएएचको ब्याट्री सहित ग्यालेक्सी एम६२ ल्याउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड सामसङले स्मार्टफोनको बजारमा नयाँ उत्पादन ल्याउने तयारी गरेको छ । हालै मात्र सामसङकाे नयाँ तयारीबारे नयाँ तथ्य खुलासा भएको छ । याे स्मार्टफाेनले अमेरिकाको संघीय संचार आयोग (एफसीसी) बाट स्वीकृति समेत पाइसकेकाे छ ।

अमेरिकी नियामक एफसीसीका अनुसार यो स्मार्टफोनमा ७ हजार एमएएचको ब्याट्री हुने बताइएको छ । यसमा २५ वाटको चार्जर, यूएसबी सी पोर्ट र ३.५ एमएमको हेडफोन ज्याक हुनेछ ।

एफसीसीकाे कागजातहरूमा याे स्मार्टफाेन मोडेल कोड SM-M62F/DS रहेकाे उल्लेख गरिएकाे छ, जुन ग्यालक्सी एफ६२ रहेकाे दाबी गरिएकाे छ । स्राेतले जनाए अनुसार सामसङकाे याे फाेन विभिन्न बजारमा फरक-फरक नामका साथ जानेछ ।

एफसीसीले याे स्मार्टफाेनका विशेषताबारे धेरै जानकारी त दिएकाे छैन । तर गिकबेञ्चले याे फाेन ६ जीबी ६ जीबी र्‍याम, एन्ड्राेइड ११ र एक्सिनाेस ९८२५ चिपसेट रहने उल्लेख गरेकाे छ ।

ग्यालक्सी एम६२ पहिले ट्याब्लेटका रूपमा आउने चर्चा गरिएको थियो । तर एफसीसीको साइटमा उपलब्ध जानकारीले याे एक स्मार्टफाेनकाे रूपमा आउने पक्का भएकाे हाे ।

याे फाेनबारे अहिले नै विस्तृत जानकारी आइसकेकाे छैन । आगामी दिनमा पक्कै पनि यसबारे अधिक जानकारी उपलब्ध गराउने नै छाैं ।

त्यस्तै मूल्यकाे कुरा गर्दा याे फाेन किफायती मूल्यमै उपलब्ध हुने दाबी गरिएपनि स्पष्ट रूपमा केही खुलाइएकाे छैन । तर २० देखि २५ हजार नेपाली रूपैयाँकाे हारहारीमा बजारमा भित्रिने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१