close

आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम

टेकपाना टेकपाना

माघ ३, २०७७ २०:५

आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम

काठमाडौं । ल्यापटप वा मोबाइल डिभाइस खरिद गर्दै गर्दा तपाईंको मनमा केही प्रश्न उठ्छ भने त्यो र्‍यामलाई लिएर उठ्न सक्छ । 

मलाई कति र्‍याम आवश्यक पर्छ त ?

चाहे नयाँ खरिद गर्दा होस् वा अपग्रेड गर्दा यो एकदमै अहम् विषय हो । सबैको मनमा उठ्ने हो । तर यसको उत्तर त्यस्तो सटिक छैन । 

तर म्याकबुक जस्ता डिभाइसमा र्‍याम अपग्रेड गर्ने सुविधा तपाईंलाई छैन । 

त्यसो त र्‍यामहरु सस्तै हुन्छन् । तर म्याक र प्रिमियम सिस्टममा भने यी महङ्गो नै हुन्छन् । यसमा तपाईंले १६ जीबीलाई  ३२ जीबीमा अपग्रेड गर्न पनि चार सय डलरसम्म आवश्यक पर्दछ ।

तपाईं पनि नयाँ डिभाइस विशेषगरी ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई प्रयोजन अनुसार तपाईलाई आवश्यक पर्ने र्‍याम क्षमताका बारेमा जेडडी नेटले प्रस्तुत गरेकाे टिप्सबारे जानकारी दिँदै छाैं । 

१. ४ जीबी – न्यूनतम 

तपाईं एकदमै सामान्य कम्प्युटर प्रयोग गर्नुहुन्छ भने पनि ४ जीबी र्‍याम तपाईंलाई अत्यावश्यक पर्दछ । क्रोममा धेरै ट्याबको लोड हुँदा होस् वा सामान्य भिडियो इडिटिङको काम ४ जीबी र्‍यामले तपाईंलाई आधारभूत रुपमा धान्नसक्छ । 

२. ८ जीबी र्‍याम – मेन्स्ट्रिम 

मेनस्ट्रिमका लागि ८ जीबी र्‍याम आवश्यक पर्दछ । गेमिङ, एचडी भिडियो इडिटिङका लागि यो क्षमताको र्‍याम उपयुक्त हुन्छ । एडाेबी फोटोशप, लाइटरुम तथा प्रिमियर प्रो जस्ता एप्लिकेसनहरुका लागि यो उपयुक्त छ । 

३. १६ जीबी र्‍याम – पर्फमेन्स

अधिकांश प्रयोगकर्ताका लागि १६ जीबी र्‍याम उपयुक्त हुन्छ । यसबाट तपाईंले ह्याभ्भी एप्लिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ । साथै फोरके भिडियो इडिटिङ तथा हाई एण्ड गेम समेत खेल्न सक्नुहुन्छ । 

४. १६ जीबीभन्दा धेरै – वर्कस्टेसन 

८ देखि १६ जीबीमा जाँदाको अनुभव निकै फरक हुन्छ । तर १६ देखि माथि जाँदा त्यो अनुभव निकै नाटकीय हुन्छ । १६ जीबीभन्दा माथि र्‍याम भइसकेपछि तपाईंले र्‍यामबारे कहिल्यै सोच्नु पनि पर्दैन । 

तर र्‍यामसँगै अन्य पक्षलाई पनि बलियो बनाएर लग्नुभयो भने तपाईंको कम्प्युटरको क्षमतामा अझै बलियो र ल्याग रहित बन्नेछ । 

याे पनि पढ्नुहाेस् : २ जीबी, ४ जीबी वा ६ जीबी र्‍याम, कुन स्मार्टफोन किन्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१