close

पब्जी मोबाइल १.२ ग्लोबल भर्सन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

माघ ४, २०७७ १२:२२

पब्जी मोबाइल १.२ ग्लोबल भर्सन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । गएको मंगलबार पब्जी कर्पोरेसनले पब्जी मोबाइलको १.२ ग्लोबल भर्सन रिलिज गरेको छ । यो पछिल्लो भर्सनमा नयाँ वेपन, अल्टिमेट रिवार्ड, नयाँ सुधार लगायत कयौं बग समेत फिक्स गरिएको छ ।

यस्तोमा गेमरहरुले गुगल प्ले स्टोरबाट यो गेम डाउनलोड गर्न सक्नेछन् । तर कतिपय प्रयोगकर्ताले अहिलेसम्म यो गेमको रोलआउट प्राप्त नगरेका हुनसक्छन् । यस्तोमा गुगल प्ले स्टोरबाट डाउनलोड गर्न नसकिरहेका प्रयोगकर्ताले यसको एपीके फायल डाउनलोड गर्न सक्छन् ।

यो भर्सन आईओएस तथा एन्ड्रोइड दुवै प्लेटफर्मका लागि रिलिज गरिएको हो । कम्पनीले ट्वीटमार्फत एरेङ्गल म्यापमा रुनिक पावरको विशेष अनुभवका लागि डाउनलोड गर्न आग्रह गरेको छ ।

यसका लागि तपाईंले केही स्टेप फलो गर्नुपर्नेछ । पब्जी मोबाइलका अनुसार यो नयाँ भर्सनमा कयौं फिचर समावेश गरिएको छ । यसमा रुनिक पावर मोड, हनर बिल्डिङ इन मेट्रो रोयल. चियर पार्क रनिङ पावर थिम्ड इभेन्ट, पावर आर्म्ड मोड तथा फामास राइफल जस्ता फिचरहरु रहेका छन् ।

यसरी गर्नुहोस् डाउनलोड

यसका लागि सबैभन्दा पहिला गुगलमा जानुहोस् र पब्जि मोबाइल भर्सन ग्लोबल १.२ को एपीके फाइल डाउनलोड गर्नुहोस् । यो फाइल ६१३ एमबीको रहेको छ ।

प्रयोगकर्ताको फोनमा यसका लागि केही स्पेस खाली समेत हुन जरुरी छ । त्यस्तो अवस्थामा यो फाइल सहजै डाउनलोड गर्न सकिनेछ । गेम डाउनलोड भइसकेपछि इन्स्टल फ्रम अननाउन सोर्स विकल्प अन गर्नुहोस् ।

यसका लागि तपाईंलाई फोनको सेटिङमा जानुपर्ने हुन्छ । त्यसमा रहेको सेफ्टी एण्ड प्राइभेसीहुँदै इन्स्टलेसन फ्रम अननोन सोर्स इनेबल गर्नुहोस् । त्यसपछि तपाईंले पब्जी मोबाइल भर्सन १.२ को एपीके फाइल कहाँ डाउनलोड भएको छ भन्ने कुरा देख्नुहुनेछ ।

त्यसपछि तपाईंले गेम ओपन गर्नुपर्ने हुन्छ । अब रिसोर्सेज प्याक डाउनलोड गर्नुहोस् । नोटः यदि तपाईंलाई एपीके इन्स्टल गर्ने क्रममा कुनै इरर देखाइरहेको छ भने तपाईंले यो फाइल पुनः डाउनलोड गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१