close

६ हजार एमएएच ब्याट्री र ८ जीबी र्‍याम सहित नयाँ गेमिङ फोन ल्याउँदै आसुस

टेकपाना टेकपाना

माघ ४, २०७७ १४:२०

६ हजार एमएएच ब्याट्री र ८ जीबी र्‍याम सहित नयाँ गेमिङ फोन ल्याउँदै आसुस

काठमाडौं । गेमिङ फोन निर्माण गर्दै आएको आसुसले नयाँ रग फोन ल्याउने तयारी गरेको छ । ताइवानी कम्पनीले यसबारे आधिकारिक कुरा नखुलाएपनि विश्वसनीय टिपस्टर डिजिटल च्याट स्टेशनले नयाँ फाेन ‘रग फोन फोर’मा डुअल सेल सहित ६ हजार एमएएचको ब्याट्री रहने उल्लेख गरेको छ ।

यो फोनमा ६० वा ६५ वाट चार्जिङ प्रविधि हुने पनि उसले जनाएको छ । यसअघि नै गिकबेञ्चले रग फोन फोरबारे विशेष फिचर प्रस्तुत गरेको छ ।

उसका अनुसार यो फोन स्न्यापड्रागन ८८८ चिपसेटसहित आउनेछ । साथै फोनले फाइभजी कनेक्टिभिटी सपोर्ट गर्नेछ भने यसमा १४४ हर्जको रिफ्रेस रेट सहित एमोलेड डिस्प्ले रहनेछ ।

एन्ड्रोइड ११ मा चल्ने यो फोनमा ८ जीबी र्‍याम हुने जनाइएकाे छ । यसमा तीनवटा रियर क्यामेरा हुनेछ, जसमा मुख्य क्यामेरा ४८ मेगापिक्सेलकाे हुनेछ ।

त्यस्तै सेल्फीका लागि २४ मेगापिक्सेलकाे क्यामेरा दिइने जनाइएकाे छ । यो फोन बजारमा ६५ देखि ७० हजार रुपैयाँको हारहारीमा उपलब्ध हुने अनुमान गरिएको छ । २०२१ काे मार्च महिनामा याे फाेन सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेकाे बताइएकाे छ ।

ROG 4 battery and fast charging

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१