close

फेसबुकलाई पछि पार्दै टिकटक बन्यो विश्वकै सर्वाधिक लोकप्रिय एप

टेकपाना टेकपाना

माघ ४, २०७७ १६:३

फेसबुकलाई पछि पार्दै टिकटक बन्यो विश्वकै सर्वाधिक लोकप्रिय एप

काठमाडौं । फेसबुकलाई पछि पार्दै टिकटक प्रयोगकर्ताको सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ । मोबाइल एप इन्टिलिजेन्स एजेन्सी एप एन्नीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२० मा सामाजिक सञ्जाल फेसबुकमा भन्दा भिडियो प्लेटफर्म टिकटकमा प्रयोगतर्काले बढी समय बिताएका छन् ।

उक्त प्रतिवेदन अनुसार फेसबुक कम्पनीको रुपमा फेसबुककै वर्चस्व भएतापनि सिंगल एपको रुपमा टिकटक धेरै अघि रहेको छ । यसको अर्थ फेसबुक कम्पनीको रुपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलाई समेत हेर्ने हो भने उसकै वर्चस्व रहेको छ ।

App Annie State of Mobile Report 2021

किनभने, प्रयोगकर्ताले समय बिताउने एपको रुपमा एप एन्नीले सार्वजनिक गरेको उत्कृष्ट पाँच एपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप सबै समावेश रहेका छन् । तर, फेसबुकसँगमात्रै दाँज्ने हो भने टिकटक धेरै अघि रहेको छ ।

उक्त प्रतिवेदन प्रयोगकर्ताले औषतरुपमा मासिक समय बिताउनेमा एपमा टिकटकको वृद्धि उच्च रहेको छ । जसअनुसार अमेरिकामा ७० र यूकेमा ८० प्रतिशतले वृद्धि भइहरको छ । हाल टिकटकका सक्रिय प्रयोगकर्ता विश्वमा १.२ विलियन अर्थात १ अर्ब २० करोड रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१