close

खेलकुद सम्बन्धी ट्वीट गर्ने प्रयोगकर्ता ७५ प्रतिशतले बढे

टेकपाना टेकपाना

माघ ४, २०७७ २०:३८

खेलकुद सम्बन्धी ट्वीट गर्ने प्रयोगकर्ता ७५ प्रतिशतले बढे

काठमाडौं । खेलकुदको विषयमा ट्वीटरमा ट्वीट गर्नेको संख्या सन् २०२० मा ७५ प्रतिशतले वृद्धि भएको छ । कोभिड १९ का कारण लागू गरिएको लकडाउन र सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधानले यो वर्ष धेरै मान्छे घरभित्र बसेका छन् ।

घरमा बस्दा समय बिताउने माध्यको रुपमा गेम खेल्ने, गेमिङ प्लेटफर्ममा सहभागी हुनेको संख्या बढेको छ । यसले गर्दा यो वर्ष गेमिङ प्लेटफर्मले निकै चर्चा पनि बटुलेका छन् ।

त्यसैले पनि होला यो वर्ष खेलकुदसँग सम्बन्धित ट्वीट गर्नेको संख्या २ अर्बभन्दा बढी रहेको छ । जुन सन् २०१९ को तुलनामा ७५ प्रतिशतले वृद्धि हो । ट्वीटरका अनुसार यो वर्ष खेलकुदसँग सम्बन्धित ट्वीट गर्नेमध्य ४९ प्रतिशत नयाँ प्रयोगकर्ता रहेका छन् ।

यसरी ट्वीटरमा प्रयोग भएको खेलकुदसँग सम्बन्धित शब्दहरुमध्य ‘गेमिङ’ सबैभन्दा बढी प्रयोग भएको छ । भने, ‘गेमिङ न्युज’, ’ईस्पोर्ट्स ’, ‘गेमिङ इनफ्लुयन्स’ र ‘प्लेस्टेसन’ क्रमशः रहेका छन् ।

Twitter gaming 2020


त्यस्तै खेलकुदसँग सम्बन्धित सबैभन्दा बढी ट्वीट गर्ने देशमा जापान रहेको छ । भने, अमेरिका, दक्षिण कोरिया, ब्राजिल, थाइल्याण्ड क्रमशः रहेका छन् ।

Twitter gaming 2020

यसअघि फेसबुकले पनि यस्तै प्रतिवेदन सार्वजनिक गरेको थियो । फेसबुकका अनुसार सन् २०१९ को तुलनामा २०२० मा खेलकुदसँग सम्बन्धित पोष्ट ५० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१