close

आजदेखि डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

टेकपाना टेकपाना

माघ ४, २०७७ १८:१२

आजदेखि डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाडौं । डिशहोममा नयाँ रियालिटी शो कलाको मेला सुरु गरेको छ । नेपालकै एकमात्र डीटीएच प्रसारक डिशहोमले मानिसहरुमा लुकेको कला प्रष्फुटन गराउने उद्देश्यका साथ आइतबारबाट नयाँ शोको प्रसारण थालेको हो ।

यो शो डिशहोमको च्यानल नम्बर १०२ मा प्रसारण हुने कम्पनीले जनाएको छ । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ ।

कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१