close

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु

टेकपाना टेकपाना

माघ ४, २०७७ १८:५९

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु

काठमाडौं । बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु भएको छ ।

शनिबार एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, विषयविज्ञता र बजारको वस्तुस्थितिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए ।

घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवालाई आग्रह समेत गरे ।

मन्त्रालयका सचिव ढुङ्गानाले युवामैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै आगामी वर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथी लगानी गर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे ।

सरकार, वित्तीय संस्था र निजी संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम बागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बीबीए/एमबीए) कलेजहरु र सामाजिक संस्थाहरु (लियो/राेट्रयाक्ट क्लव) संगको सहकार्यमा चितवन, हेटौडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र वित्तीय साक्षरता सहितको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् ।

कार्यक्रमको एउटा सेसनमा २०० जना युवा विद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवशरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौती, बजार विस्तार लगायतका विभिन्न विषयमा केन्द्रीत रहनेगरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका संयोजक एवं विशाल फाउण्डेशनका कार्यकारी निर्देशक विशाल गैरेले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१