close

ह्वावेले सार्वजनिक गर्‍यो मेटबुक एक्स प्रोसहित ३ नयाँ आकर्षक ल्यापटप

टेकपाना टेकपाना

माघ ५, २०७७ १३:५७

ह्वावेले सार्वजनिक गर्‍यो मेटबुक एक्स प्रोसहित ३ नयाँ आकर्षक ल्यापटप

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले आकर्षक तीन नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे मेटबुक सिरिजमा यी नयाँ ल्यापटप बजारमा ल्याएको हो ।

जसमा ह्वावे मेटबुक एक्स प्रो २०२१, ह्वावे मेटबुक १३ २०२१ र ह्वावे मेटबुक १४ २०२१ का विभिन्न भेरियन्ट रहेका छन् । यी तीन वटै मोडलका ल्यापटप आकर्षक लुक र स्पेसिफिकेसन युक्त छन् । जसले देख्ने वित्तिकै प्रयोगकर्तालाई लोभ्याउने गर्दछन् ।

यी सबै ल्यापटपमा ११ औं पुस्ताको प्रोसेसर प्रयोग गरिएको छ र साथमा टच स्क्रिन समेत दिइएको छ । आउँदो बुधबारदेखि चीनमा यी ल्यापटपको बिक्री सुरु हुने बताइएको छ । यद्यपि सार्वजनिक हुनु अघिदेखि नै यी ल्यापटपको बुकिङ जारी छ ।

टचस्क्रिन, आई फाइभ प्रोसेसर, १६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टको ह्वावे मेटबुक एक्स प्रो २०२१ को मूल्य ८,९९९ युआन (एक लाख ६२ हजार रूपैयाँ) राखिएको छ । सँगै टचस्क्रिन सहितको आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ९,९९९ युआन (एक लाख ८० हजार नेपाली रूपैयाँ) रहेको छ ।

यसैगरी टचस्क्रिन, आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा एक टीबी स्टोरेज भेरियन्टको ह्वावे मेटबुक एक्स प्रो २०२१ को मूल्य ११,९९९ युआन (दुई लाख १६ हजार रूपैयाँ) छ । ह्वावेका यी ल्यापटपमा १३.९ इन्चको स्क्रिन तथा ३००० बाई २००० स्क्रिन रेजोलुसन रहेको छ ।

यो ल्यापटप डिप स्पेस ग्रे, इमरेल्ड ग्रिन र चेरि पिङ्क गोल्ड लगायतका कलर अप्सनमा पाउन सकिनेछ । यी ल्यापटपमा ६५ वाटको फास्ट चार्जिङ फिचर समेत रहेको छ ।

यसैगरी टचस्क्रिन, आई फाइभ प्रोसेसर र ५१२ जीबी स्टोरेज भेरियन्टको ह्वावे मेटबुक १३ २०२१ मूल्य ५,४९९ युआन (९९ हजार तीन सय रूपैयाँ) राखिएको छ । सँगै टचस्क्रिन, आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको ह्वावे मेटबुक १३ २०२१ को मूल्य ६,४९९ युआन (एक लाख १७ हजार रूपैयाँ) उल्लेख छ ।

त्यसैगरी ह्वावे मेटबुक १३ २०२१ को टचस्क्रिन, आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज, एनभिदिया एमएक्स ४५० ग्राफिक्स युक्त भेरियन्टको मूल्य ६,९९९ (एक लाख २६ हजार रूपैयाँ) युआन रहेको छ ।

यसैगरी ह्वावे मेटबुक १४ २०२१ को आई फाइभ प्रोसेसर, टचस्क्रिन, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्ट ल्यापटपको मूल्य ५,८९९ युआान (एक लाख ६ हजार रूपैयाँ) छ ।

त्यस्तै टचस्क्रिन सहित आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको ह्वावे मेटबुक १४ २०२१ को मूल्य ६,३९९ युआन (एक लाख १५ हजार रूपैयाँ) छ ।

आई सेभेन प्रोसेसर, १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजसँगै एक्स ४५० ग्राफिक्स कार्ड रहेको ह्वावे मेटबुक १४ २०२१ भेरियन्टको मूल्य भने ७,३९९ युआन (एक लाख २२ हजार रूपैयाँ) राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१