close

विश्वभर सिग्नल बन्द हुँदा एलन मस्कले के भने ?

टेकपाना टेकपाना

माघ ५, २०७७ १४:४२

विश्वभर सिग्नल बन्द हुँदा एलन मस्कले के भने ?

काठमाडौं । जनवरी ७ देखि सिग्नल एपमा नयाँ प्रयोगकर्ताको संख्या नाटकीय ढंङ्गले बढेको छ । तर गत शुक्रबार प्राविधिक समस्याका कारण सिग्नलको सेवामा नै अवरोध उत्पन्न भयो । 

यसबीच सिग्नलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेख्यो, ‘यो हप्ता हामी बिना विश्राम प्रत्येक दिन नयाँ सर्भर र अतिरिक्त क्षमता थप गरिरहेका छौं । तर आज यसले आशालाग्दो प्रक्षेपणलाई पनि पछाडि पार्‍यो ।’ 

साथै सिग्नलले यसका लागि आफ्नो प्राविधिक टोलीले पनि कडा मेहेनतका साथ काम गरिरहेको बतायो । 

यसबीच स्पेस एक्स तथा टेस्लाका संस्थापक एलन मस्कको एउटा ट्वीटपछि सिग्नलमा झुम्मिएका विश्वलाई सिग्नलको सेवा अवरुद्धतापछि मस्कको प्रतिक्रियाको खुब चासो थियो ।

हालै एलन मस्कले सिग्नलको पक्षमा अर्को ट्वीट लेखेका छन् । उनले सिग्नल कम्पनको सर्भर साइड कोडले धेरे काम गरिरहेको बताएका छन् । 

जनवरी सातापछि सिग्नलतिर स्विच हुनेको संख्यामा अतुलनीय वृद्धि भएपछि फोन नम्बर भेरिफिकेसनको प्रक्रिया सुस्तिएको थियो ।

त्यसलगत्तै गैरनाफामूलक सिग्नल फाउण्डेसनले ट्वीटरमा धेरै मानिसहरु सिग्नलमा जोडिन चाहिरहेको कारण धेरै प्रदायकबाट भेरिफिकेसन कोड आउन ढिलाइ भइरहेको बताएको थियो ।

साथै कम्पनीले यो समस्या हल गर्न पनि आफूहरु लागिपरेको बताएको थियो । ओटीपी भेेरिफिकेसन ग्लिच हल नहुँदै जनवरी १५ मा सिग्नल एपमा व्यापक अवरोध उत्पन्न भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१