ई-बुकको मूल्य मनपरी बढाएको भन्दै अमेजन विरुद्ध मुद्दा

amazon-techpana

काठमाडौं । पाँच किताब प्रकाशकसँग मिलेर ई-बुकको मूल्य उच्च बनाएको भन्दै अमेजनविरुद्द अदालतमा मुद्दा दायर भएको छ । हेगेन्स बर्मन नामक ल फर्मले अमेजनविरुद्ध अमेरिकाको संघीय जिल्ला अदालतमा साे मुद्धा दर्ता गराएको हो ।

उक्त फर्मका अनुसार प्रकाशकले अमेजनलाई उच्च कमिसनका साथै अन्य खर्च उपलब्ध गराउँदा ई-बुकको रिटेल मूल्य वृद्धि भएको उल्लेख गरिएको छ ।

अमेजन र हार्परकोलिन्स, ह्याचेट बुक ग्रुप, पेन्गुइन, र्‍याण्डम हाउस, सिमोन एण्ड सुस्टर र म्याकमिलन जस्ता प्रकासकसँग मिलेर ई-बुक बढाउने काम गरेको उल्लेख गरेको छ ।

यी पाँच प्रकाशकले पनि अमेरिकाको ई–बुकमा ८० प्रतिशत बजार ओगटेका छन् । उनीहरुले अमेजनलाई ठूलो मात्रामा कमिसन उपलब्ध गरउँदा बजारमा बिक्री हुने ई-बुकको मूल्यमा समेत असर परिरहेको साे रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team