close

ओप्पोको सस्तो फोन ‘ए१५’ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टेकपाना टेकपाना

माघ ५, २०७७ १७:२९

ओप्पोको सस्तो फोन ‘ए१५’ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ उत्पादन ओप्पो ए१५ सार्वजनिक गरेको छ । एआई ट्रिपल क्यामेरा र ६.५२ इन्चको ठूलो स्क्रिनका साथ उक्त फोन बजारमा भित्रिएको हो ।

फोनमा १३ एमपी क्षमताको मुख्य क्यामेराका साथ २ मेगापिक्सेल क्षमताको माक्रो लेन्स र २ एमपीको डेप्थ क्यामेरा रहेको छ । साथै सेल्फीका लागि फोनमा ५ मेगापिक्सेलकाे फ्रन्ट क्यामेरा रहेको छ ।

८९ प्रतिशत स्क्रिन टू बडी रेसियो सहित आएको फोनमा ६.५२ वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए१५को एचडी प्लस स्क्रिन रहेको छ ।

३ जीबी र्‍यामका साथमा ३२ जीबी आन्तरिक मेमोरी रहेको फोनमा मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ अक्टाकोर प्रोसेसर प्रयोगमा ल्याइएको छ । भने, लामो समयसम्म फोन प्रयोगका लागि फोनमा ४२३० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको उल्लेख छ ।

कम्पनीका अनुसार यो फोन डायनामिक ब्ल्याक र मिस्ट्री ब्ल्यू गरी दुई रंगमा उपलब्ध छ । जसको बजार मूल्य १८ हजार ५ सय ९० तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१