close

ठूला प्रविधि कम्पनीले खराब कुराबाट फाइदा उठाएको सेलेना गोमेजको आरोप

टेकपाना टेकपाना

माघ ५, २०७७ १८:४

ठूला प्रविधि कम्पनीले खराब कुराबाट फाइदा उठाएको सेलेना गोमेजको आरोप

काठमाडौं । हलिउड सेलिब्रेटी सेलेना गोमेजले ठूला टेक (प्रविधि) कम्पनीहरुले खराब कुराबाट फाइदा लिइरहेको आरोप लगाएकी छिन् ।

गोमेज महिनौं अघिदेखि ठूला टेक कम्पनीहरुको विरोधमा बोल्दै आइरहेकी छन् । हालैको अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा भएको दङ्गापछि त टेक कम्पनीका संस्थापकहरुको नामै तोकेर उनले हिंसाको बरोबर जिम्मेवार भएको बताएकी छन् ।

सेलेनाले फेसबुक, इन्स्टाग्राम, ट्वीटर, गुगल जस्ता कम्पनीका मार्क जुकरबर्ग, श्रेल स्याण्डवर्ग, ज्याक डोर्से, सुन्दर पिचाई, सुजेन वजसिस्की जस्ता टेक टाइकूनहरुको नाम नै तोकेर ट्वीटरमा आफ्नो प्लेटफर्मको दुरुपयोग गरेको आरोप लगाएकी छिन् ।

मानिसहरुलाई एकताबद्ध गर्नलाई खटिनुपर्ने ठाउँमा यी प्लेटफर्महरुले मानिसहरुलाई एकअर्काका लागि मुटुमा घृणा संगाल्ने ठाउँ बनाइदिएको आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट लेखेकी छिन् ।

उनीहरुले अमेरिकी नागरिकलाई असफल बनाएको भन्दै आफूले बिगारेको पक्षलाई बनाउनुपर्ने समेत बताएकी छन् ।

यसबीच उनले गत शनिबार एक अन्तरवार्तामा फेसबुकले भ्याक्सिन, कोभिड र अमेरिकी चुनावबारे हानिकारक अफवाह फैलाएको र इन्स्टाग्रामबाट नियो नाजी समूहले रङ्गभेदी सामग्रीको बिक्री गरिरहेको बताएकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१