close

८ जीबी र्‍याम र शक्तिशाली ब्याट्री सहित नेपाली बजारमा भिभो वाई ५१

टेकपाना टेकपाना

माघ ५, २०७७ २१:३३

८ जीबी र्‍याम र शक्तिशाली ब्याट्री सहित नेपाली बजारमा भिभो वाई ५१

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोनको रुपमा भिभो वाई ५१ नेपाली बजारमा सार्वजनिक गरेको छ । युवापुस्ता लोकप्रिय वाई सिरिज अन्तर्गत कम्पनीले नयाँ उत्पादन थप गरेको हो ।

८ जीबी र्‍याम र १२८ जबी इन्टर्नल मेमोरी रहेको फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेराका साथ ट्रिपल क्यामेरा सेटअप रहेको छ ।

भिभो वाई ५१ का विशेषता

वाई५१ मा क्लाकम स्न्यापड्रयागन ६ सिरिज मोबाइल प्लेटर्फममा आधारित फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १८ वाटको फास्ट चार्ज प्रविधि रहेको छ । जसले ६४ मिनेटमै फोन ७० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ ।

फोनमा वाई ५१ मा अडियो बुस्टरद्धारा डिजाइन गरिएको सुपर अडियो रहेको छ । फुल भ्यु डिस्प्ले रहेको फोनमा साईड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ । जसले गर्दा एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिने छ ।

क्यामेरा

वाई ५१ मा आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिमा आधारित क्यामेरा रहेको छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा सुपर वाइड एंगल क्यामेरा, सुपर म्याक्रो क्यामेरा र सुपर नाइट मोड जस्ता विभिन्न मोड रहेका छन् ।

व्यवसायिक फोटोग्राफरद्वारा विशेष रुपमा भिभोको लागि तयार गरिएको स्टाइलिस नाइट फिल्टकका चार सेट पनि रहेको छ । भिडियोे खिच्नका लागि रियर क्यामेरामा इलेक्ट्रोनिक्स इमेज स्टेविलाइजेशन प्रविधि रहेको छ ।

जसले गर्दा दौडिरहेको वा चलिरहेको अवस्थामा पनि राम्रो फोटाे लिन सकिन्छ । फोनमा सेल्फीका १६ मेगापिक्सेलको क्यामेरा रहेको छ । भने, क्यामेरामा सुपर नाइट सेल्फी मोड उपलब्ध रहेको छ ।

उपलब्धता

याे स्मार्टफोन टाटेनियम सफायर र क्रिस्टल सिम्फोनी गरी दुई रंगमा बजारमा उपलब्ध रहेको छ । जसको बजार मुल्य ३३ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३