close

चीनकाे ‘वीच्याट-पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न सकिने, मेगा बैंकसँग साझेदारी

टेकपाना टेकपाना

माघ ६, २०७७ ८:२६

चीनकाे ‘वीच्याट-पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न सकिने, मेगा बैंकसँग साझेदारी

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ।

यो सम्झौतापछि ‘वीच्याट–पे’मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको हो।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’मार्फत रकम भुक्तानी गर्न सक्नेछन्।

नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ।

डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत मनोज खड्काले बताए।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३