close

सामसङ ग्यालेक्सी जेड फोल्ड टूमा एन्ड्रोइड ११ अपडेट

टेकपाना टेकपाना

माघ ६, २०७७ ८:५६

सामसङ ग्यालेक्सी जेड फोल्ड टूमा एन्ड्रोइड ११ अपडेट

काठमाडौं । सामसङको फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड टूले नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम प्राप्त गरेको छ । गत हप्ता केही युरोपेली देशका साथमा दक्षिण कोरियाको बजारका लागि वान यूआई ३ मा आधारित एन्ड्रोइड ११ अपडेट प्रदान गरिएको थियो ।

अहिले भने अमेरिकी बजारका लागि नयाँ अपरेटिङ सिस्टमको अपडेट प्रदान गरिएको छ । केही दिनमै विश्वका सबै बजारका लागि ग्यालेक्सी जेड फोल्ड टूमा एन्ड्रोइड ११ को अपडेट प्रदान गर्ने कम्पनीको योजना छ ।

ग्लास स्क्रिनयुक्त उक्त स्मार्टफोन किताब जस्तै फोल्ड गर्न सकिन्छ । फोनमा ह्यान्ड्स फ्री क्यामेरा दिइएको छ, जसको मद्दतले हातले वेभ गरेकै भरमा फोटो खिच्न सकिन्छ ।

नेपाली बजारमा याे फोनकाे मूल्य दुई लाख ४९ हजार ९९९ रुपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३