close

सिग्नलको ‘एरर म्यासेज’ समस्या हटाउन अपनाउनुहोस् यी दुई विधि

टेकपाना टेकपाना

माघ ६, २०७७ ११:३२

सिग्नलको ‘एरर म्यासेज’ समस्या हटाउन अपनाउनुहोस् यी दुई विधि

काठमाडौं । गएकाे शुक्रबार २४ घण्टासम्म प्राविधिक समस्या झेलेको सिग्नल म्यासेजिङ एप पुन: सुचारु भएको छ । शनिबार रातिदेखि सुचारु भए पनि कतिपय सेवाग्राहीले भने च्याटमा अझै एरर म्यासेज देखिरहेका छन् ।

कम्पनीले उक्त अवरोधको कारण भने खुलाएको छैन । फाट्टफुट्ट प्रयोगकर्ताको च्याटमा देखिएको यस्तो समस्या २४ घण्टासम सेवा अवरुद्ध हुँदाताको ‘साइड इफेक्ट’ भएको बताइएको छ ।

सिग्नलले त्यस्ता एरर म्यासेजले सुरक्षालाई कुनै असर नपार्ने, तर आफूलाई आएको म्यासेज भने हराएर जाने सुनिश्चित गरेको छ । कम्पनीले एपको अर्को अपडेटमा यो समस्यालाई समाधान गर्ने पनि जनाएको छ ।

एपको नयाँ अपडेट पर्खन झन्झट मान्नेहरुले दुई तरिकाबाट ईरर म्यासेजको समस्यालाई मेनुअल्ली समाधान गर्नसक्ने कम्पनीको भनाइ छ । एन्ड्रोइड प्रयोगकर्ताहरुले माथिल्लो दायाँ कुनाको मेनुमा ट्याप गरी ‘रिसेट सेक्योर सेसन’ चयन गर्नुपर्नेछ ।

यस्तै आईओएस प्रयोगकर्ताहरुले भने ‘रिसिभ म्यासेज वाज आउट अफ सिङ्क’ देखि तलतिर रहेको ‘रिसेट सेसन’ मा क्लिक गर्नुपर्नेछ ।

टेस्लाका सीईओ एलन मस्कले गत जनवरी ७ मा सिग्नल प्रयोग गर्न आह्वान गरेदेखि यस एपको प्रयोगकर्ता संख्या ह्वात्तै बढेको छ । यसबीच अवरोधकै क्रममा व्यापक रुपमा बढेको ट्राफिकलाई सम्हाल्न सिग्नलले क्षमतावृद्धि गर्ने समेत आफ्नो ट्वीटमा उल्लेख गरेको छ ।

सिग्नलबाट तपाईंले सुरक्षित तथा इन्क्रिप्टेड भिडियो, भ्वाइस र टेक्स्ट कम्युनिकेसन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३