close

अनलाइनबाट कामदार र सेवाग्राहीलाई जोड्दै उडल्याण्ड होम सोलुसन

टेकपाना टेकपाना

माघ ६, २०७७ १०:५८

अनलाइनबाट कामदार र सेवाग्राहीलाई जोड्दै उडल्याण्ड होम सोलुसन

काठमाडौं । सेवाग्राही र सीपकर्मीहरुलाई जोड्न नेपाली बजारमा उडल्याण्ड होम सोलुसन एन्ड सप्लायर्स सञ्चालनमा आएको छ । विभिन्न घरेलु समस्यालाई समाधान गर्न कामदारको खोजी कहाँ र कताबाट गर्ने भन्ने समस्याको हल उडल्याण्ड होम सोलुसनले गर्नेछ ।

पुस २८ गते औपचारिक रुपमा सुरु भएको उडल्याण्डको वेब तथा एप प्लेटफर्ममा इलेक्ट्रिशियन, प्लम्बर, होम अपलायन्स मर्मतकर्ता, फोटोग्राफर, ब्युटिशियन जस्ता विभिन्न कामदारहरु जोडिन सक्छन् ।

सोही एप तथा वेब एप्लिकेसन प्रयोग गरी सेवाग्राहीहरुले पनि आफूलाई आवश्यक कामदार तथा सेवाकर्मीहरु चयन गरी समस्याको समाधान गर्नसक्छन् ।

उडल्याण्डले आफ्नो प्लेटफर्ममा सीप तथा सेवाकर्मीहरुलाई गत माघ १ गतेदेखि जोड्न सुरु गरिसकेको छ । प्लेटफर्ममा जोडिने सीपकर्मीहरुका लागि कामको सुनिश्चितता समेत गर्ने कम्पनीका संस्थापक पारस गिरी बताउँछन् ।

तर सीपकर्मीहरुसँग कामको दुई वर्षसम्मको अनुभव तथा नेपाल सरकार तथा संस्थाबाट प्राप्त सीपको प्रमाणपत्र हुनुपर्ने उनले बताए ।

तर अन्य प्लेटफर्ममा जस्तो आफूहरुले सेवाग्राहीबाट कमाएको पैसाको कमिसन नलिने पारस बताउँछन् । ‘हाम्रो प्लेटफर्ममा जोडिने सीपकर्मीहरुबाट हामी कमिसन लिदैँनौं,’ पारस भन्छन्, ‘हामीले मासिकरुपमा सब्सक्रिप्सन प्लान बनाएका छौं । जसअन्तर्गत सीपकर्मीहरुले जति पैसा कमाएर पनि प्लेटफर्म प्रयोग गरेबापत् मासिक दुई हजार रुपैयाँ तिर्नुपर्नेछ ।’

सेवाग्राहीको अनुभवलाई पनि सुधार गर्न कम्पनीले आफ्नो टेक्निकल पार्टलाई चुस्त बनाएको उनले बताए । उडल्याण्डको प्लेटफर्मबाट कामदार सर्च गरेको खण्डमा सेवाग्राहीले १५ देखि ३० मिनेटसम्ममा आफ्नो समस्याको समाधान पाइसक्नेछन् ।

‘हाम्रो एपमा कामदार चयन गर्दा कामदारको रेटिङ पनि राखेका छौं । जस्तै तपाईंले आफू बस्ने ठाउँबाट वर्क अर्डर गर्नुभयो भने आफू भएको ठाउँबाट २.५ किलोमिटर रेडियसको कामदार देखाउँछौं । त्यसमा पनि उत्कृष्ट काम गर्ने व्यक्तिहरु देखाउँछ । यसरी यति धेरै विकल्पबाट चयन गर्दा उनीहरुको काम पनि राम्रो हुन्छ,’ उनले भने ।

सीपकर्मीहरुको दर्ता प्रक्रिया माघ १ गतेदेखि सुरु भएको छ भने सेवा फाल्गुन १ गतेदेखि सुरु हुने पारसले बताए ।

‘माघ ३० गतेभित्र दर्ता भइसक्ने सीपकर्मीहरुले फागुन १ गतेदेखि काम गर्न सक्छन् । उनीहरुले फागुनमा पैसा कमाइसकेर महिनाको अन्तिममा मात्र पैसा तिर्दा हुन्छ । पहिला कमाउने अनि तिर्ने वातावरण बनाउँदैछौं,’ उनले भने ।

‘अहिले मानिसहरु सामाजिक सञ्जालमा व्यस्त हुन्छन् र त्यसैबाट काम खोजिरहेका हुन्छन् । म पनि विगत ४ वर्षदेखि डिजिटल मार्केटिङ गरेर नै घर निर्माणको काम गर्थें । यसरी प्लेटफर्म भइसकेपछि त अझ सजिलो हुन्छ,’ उनले सुनाए ।

दर्ता हुन चाहने सीपकर्मीहरुले एप्लिकेसनमा रहेको साइनअप बटनमा क्लिक गरी दर्ता फर्म सब्मिट गर्नसक्छन् । यसका लागि ईर्मल एड्रेस अनिवार्य चाहिन्छ भने नेपाल सरकारले मान्यताप्राप्त गरेको सीपको आईडी कार्ड चाहिन्छ ।

एप्लिकेसनबाट दर्ता हुन नजानेको खण्डमा उडल्याण्डको टिमलाई अफिसमा कल गरेर पनि दर्ता प्रक्रिया सम्पन्न गर्न सकिन्छ ।

यसबाहेक उडल्याण्डले सीपकर्मीहरुलाई प्रशिक्षणको समेत व्यवस्था गरेको छ । ‘हामीले अफिसमा बोलाएर एप कसरी चलाउने, काम कसरी गर्ने पेमेन्ट कसरी लिने क्वालिटी सेवा कसरी लिने भनेर सबै कुरा विभिन्न सिफ्टमा ट्रेनिङ सेड्युल बनाएका छौं । सहजता अनुसार समयमा आएर ट्रेनिङ सुरु गर्न सकिन्छ,’ पारसले भने ।

सेवाग्राहीको सेवामा कमी हुन नदिन उडल्याण्डले दुई वर्ष अनुभव भएकाहरुलाई मात्र समेट्ने योजना ल्याएको छ ।

यसबाहेक कम्पनीले कामदारहरुको हकमा पनि सुविधा ल्याएको छ । कर्मचारीको रुपमा सेवा दिइरहेका सीपकर्मीहरुलाई आफै स्वरोजगार बनाउने प्रमुख उद्देश्य रहेको पारस बताउँछन् ।

सेवाकर्मीहरुले आफूले चिनेका अन्य कर्मीहरुलाई प्लेटफर्म रिफर गरी जोड्न सकेको खण्डमा उनीहरुले तिरेको सब्सक्रिप्सन फीको २० प्रतिशत पैसा पाउन सक्नेछन् ।

Image may contain: text that says 'H Woodland Home Solution and Suppliers Pvt. Ltd Nepal's First And Largest Home Solution Provider सिप सिकौं, सिप लगानी गरौं, आत्मर्निभर बनौं We Are Hiring 1000+ Consultant Plumber * Beautician Elecan Interior Designer Painter * Photographer Home Appliances Technician * Carpenter *CCTV Technician Computer Technician *Required 2 years of Experience in related field Free Registration with Free Training to use mobile application Book Now For Your Free Training Schedule 11am-12:pm 2:00 pm-3:00 pm 12:30pm-1:30pm 3:30pm 4:30 pm Sitapaila, Ringroad, Kathmandu, Nepal Email: linfo@woodlandhomesolution.com Ûwwansuton.com Tel:01-5379319, 984931 9667'

‘उडल्याण्डले क्यास दिदैँन तर हाम्रो एपमा वालेट छ । त्यो पैसा उनीहरुको वालेटमा जान्छ । वालेटको पैसाले सामान खरिद गर्न मिल्दैन त्यो उडल्याण्डमै चलाउनुपर्छ । एकजना वर्करले ५ वा ६ जना वर्कर एड गर्‍यो भने उसले मासिक रुपमा तिर्ने पैसा तिर्नु परेन । उसले त्यो महिनाको काम निःशूल्क गर्न पाउँछ ।’

वर्कर मात्र होइन सेवाग्राहीले पनि रिफर गरेर आफ्नो मेन्टेनेन्सको खर्च जुटाउन सक्ने पारस बताउँछन् ।

यसबाहेक एप्लिकेसनमा अर्को मर्चेन्ट फिचर छ । मर्चेन्ट अन्तर्गत कुनै पनि दर्ता भएको कम्पनी उडल्याण्डसँग निःशुल्क जोडिएर उससँग भएका वर्करलाई यसमा जोड्न पाउँछ । उसले एड गरेको वर्करले पनि सब्सक्रिप्सन प्लान लिनुपर्छ ।

यसबाट मर्चेन्टले पनि फाइदा पाउन सक्छन् । उसले आफ्नो वर्कर चाहेको ठाउँमा पठाउन सक्छ । यदि कामका लागि उडल्याण्डको प्लेटफर्मबाट पठाएको छ भने त्यसबाट आफै कामदारसँग मिलेर कमिसन सेट गरी लिनसक्छ ।

प्लेटफर्ममा जोडिन चाहानेले सर्भिस अर्डर प्रोसेस रजिस्ट्रेसनको भिडियो समेत हेरेर यो प्रयोग गर्नसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३