close

टिकटकको कम्पनीले सुरू गर्‍यो डिजिटल भुक्तानी सेवा

टेकपाना टेकपाना

माघ ६, २०७७ १६:३

टिकटकको कम्पनीले सुरू गर्‍यो डिजिटल भुक्तानी सेवा

काठमाडौं । टेन्सेन्टको वीच्याट र अलिबाबाको अली पेले चीनको डिजिटल पेमेन्टको बजारमा लामो समयदेखि राज गरिरहेका छन् । तर उनीहरुले नयाँ चुनौतीसँग सामाना भने गरिरहेका छन् ।

नयाँ सोच र प्रयोगकर्तामैत्री विशेषता सहित अरु कम्पनीले पनि डिजिटल पेमेन्टको क्षेत्रमा काम गर्न खोजिरहेका छन् । यसैको नयाँ उदाहरण हो, डुयन । डुयन लोकप्रिय एप टिकटकको चिनियाँ संस्करण हो ।

हालै यसले चिनियाँ बजारमा अनलाइन पेमेन्ट सेवा सुरु गरेको छ । जसलाई नाम दिइएको छ ‘डुयन पे’ । शर्ट भिडियो एपका रुपमा लोकप्रियता कमाएको एपले अब डिजिटल पेमेन्ट व्यवसायमा पनि हात हालेको हाे ।

डुयनका प्रवक्ताले यो पेमेन्ट सेवाले विद्यमान प्रमुख पेमेन्ट सेवाहरुको विकल्पको रुपमा आएको बताएका छन् । प्रयोगकर्ताका लागि हरेक रुपमा सजिलो हुने गरी यो पेमेन्ट सेवा ल्याइएको पनि उनले बताए ।

चीनमा अन्य इन्टरनेट दिग्गज कम्पनीहरु जेडी डटकम र फूड डेलिभरी सेवा मेटुआनले पनि डिजिटल पेमेन्ट सर्भिस ल्याएर प्रयोगकर्ता लोभ्याउने प्रयास गरेका छन् । तर वीच्याट र अली पेले मात्रै चीनमा ९० प्रतिशत बजार हिस्सा ओगटेको छन् ।

यसकारण डुयनको बजारले कस्तो रुप लेला भन्ने कुरा थाहा पाउन केही समय कुर्नैपर्ला ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३