close

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाउनुपर्ने करको भुक्तानी अब मोबाइल बैकिङबाटै

टेकपाना टेकपाना

माघ ६, २०७७ १७:२१

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाउनुपर्ने करको भुक्तानी अब मोबाइल बैकिङबाटै


काठमाडौं । करदाताले हालसम्म राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी गर्दै आएको कुनैपनि किसिमको कर तथा राजस्व अब आफ्नो मोबाइल बैंकिङबाटै सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

यसका लागि राष्ट्रिय वाणिज्य बैंक र फोनपे पेमेन्ट सर्भिसबीच सम्झौता भएको छ । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।

योसँगै करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस्तै वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न समेत सकिनेछ । मोबाइल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदातालाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटको अन्त्य भएको छ ।

प्रयोगकर्ताले मोबाइल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गएर रेभिन्यूमा क्लिक गरी त्यहाँ रहेको सरकारी राजस्व कर (Government Revenue Tax) मा क्लिक गरी करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३