close

बजारमा कुन प्रोग्रामिङ ल्याङ्ग्वेजको माग कति ?

टेकपाना टेकपाना

माघ ७, २०७७ ९:३

बजारमा कुन प्रोग्रामिङ ल्याङ्ग्वेजको माग कति ?

काठमाडौं । तपाईं पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्ने विचारमा हुनुहुन्छ ? तर ल्याङ्ग्वेजबाट सुरु गर्ने भन्नेमा दुविधा छ भने जाभास्क्रिप्ट, जाभा र पाइथन तपाईंका लागि उपयुक्त हुन सक्छन् ।

प्रोग्रामर ट्रेनिङ कम्पनी कोड इन गेमले हालै गरेको नयाँ सर्वेक्षणमा कम्पनीहरुले जाभा स्क्रिप्ट, जाभा र पाइथन ल्याङ्ग्वेजको ज्ञान भएका डेभलपरहरुलाई भर्ती गर्ने गरेको पाइएको छ । 

विश्वभरका १५ हजार डेभलपर तथा एचआर म्यानेजरहरुमाथि गरिएको उक्त सर्वेक्षणमा ६० प्रतिशत टेक कम्पनीमा जाभास्क्रिप्ट, जाभा र पाइथनको उच्च माग रहेको देखिएको हो । 

यीमध्य पनि सबैभन्दा धेरै ६२ प्रतिशतले जाभास्क्रिप्टको उच्च माग रहेको बताएका थिए । त्यसपश्चात ५९ प्रतिशतले जाभा र ४८ प्रतिशतले पाइथन रुचाएका थिए । 

यस्तै सर्वेक्षणमा केही प्रोग्रामिङ ल्याङ्ग्वेज डेभलपरहरुमाझ लोकप्रिय रहेको पाइए पनि रोजगारदाता कम्पनीहरुबीच त्यस्ता ती ल्याङ्ग्वेज खासै रुचाइएको पाइएन । 

उदाहरणका लागि ४५.१ प्रतिशतले सी मा कोड गर्ने बताएका थिए भने १५.४ प्रतिशत कम्पनीले मात्र सी डेभलपमेन्ट आवश्यक रहेको ठहर गरेका थिए ।

यस्तै ४७ प्रतिशतले सी प्लस प्लस मन पराए पनि २७ प्रतिशतभन्दा कम कम्पनीले सी प्लस प्लस डेभलपरहरुलाई रुचाएको थियो । 

यस्तै ५७ प्रतिशत डेभलपरले पाइथनमा कोड गरेको बताए भने ४७ प्रतिशत कम्पनीहरुले पाइथन डेभलपरहरुको माग रहेको बताए । 

कोड इन गेमका सहसंस्थापक अड ब्यारल बजार र प्रोग्रामरबीच ल्याङ्ग्वेज ट्रेण्डिङमा फरक हुनु सामान्य कुरा भएको बताउँछन् । 

ट्रेण्डिङ ल्याङ्ग्वेजको विषय अन्त्य नभएको विषय भएको कारण यसको ट्रेण्डिङ बारे चर्चा चलिरहने उनी बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३