अरुको नाममा रहेको एनसेल सिम यसरी आफ्नो नाममा दर्ता गर्नुहोस्

Sajilo Sim by Ncell

काठमाडाैं । यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।

साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।

पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ ।

साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ । यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team