close

डेभलपरलाई हाम्राे पात्राेका शंकर उप्रेतीको यस्तो सुझाव

टेकपाना टेकपाना

माघ ७, २०७७ १२:४

डेभलपरलाई हाम्राे पात्राेका शंकर उप्रेतीको यस्तो सुझाव

काठमाडौं । नेपालमा सबैभन्दा बढी डाउनलाेड र प्रयाेग हुने एप ‘हाम्रो पात्रो’का संस्थापक तथा सीईओ शंकर उप्रेतीले डेभलपरहरुलाई प्रयोगकर्ता केन्द्रित बन्न सुझाव दिएका छन् ।

गुगलको पोडकास्ट टक एट गुगलमा कार्यक्रम प्रस्तोता गीगीसँगको अन्तरङ्ग कुराकानीमा उनले त्यस्तो बताएका हुन् ।

आफ्नो रुचिले एउटा सामान्य प्रोजेक्टको रुपमा सुरु गरेको हाम्रो पात्रो अहिले देशकै लोकप्रिय एप बनेकाे जनाउँदै उनले यसका पछाडि प्रयाेगकर्ताकाे प्रतिक्रिया र आवश्यकतालाई आफूहरुले पछ्याएको उनले बताए ।

‘प्रयोगकर्ता केन्द्रित हुनुहोस् । उनीहरुको प्रतिक्रियाको आधारमा आफ्नो सेवालाई परिष्कृत गर्दै लग्नुहोस्,’ डेभलपरलाई सुझाव दिने क्रममा उनले भने ।

‘डेभलपिङको काम गन्तव्य होइन । यो एउटा यात्रा हो,’ उनले भने, ‘यसैले आफूले बनाएको एपलाई अपडेट गर्दै लग्नुहोस् । प्रयोगकर्तालाई निरन्तर सेवा दिइरहेको छु भन्ने कुराको सुनिश्चित गर्नुहोस् । एकपटक एप बनाइसकेपछि त्यसमाथि काम गर्न छाड्नुहुन्न, त्यसलाई लगातार र नियमित अपडेट गर्नुहोस् ।’

डेभपलरहरुलाई एप बनाइसकेपछि प्रयोगकर्ताहरुले खोजेर चलाइहाल्छन् नि भन्ने सोचबाट बाहिर आउन उनले उनले सुझाव दिए । एपलाई अपडेट गरिएन भने मानिसहरु यसको सेवा लिन छाड्ने विश्लेषण उनकाे छ ।

कार्यक्रममा हाम्रो पात्रोको यात्राबारे अनुभव सुनाउँदै गर्दै उनले ‘हाम्रो पात्रो युजर फिडब्याक ड्रिभन एप’ भएको बताए । साथै समुदायलाई लाभान्वित बनाउन एपभित्र कम्युनिटी फिचर पनि ल्याउन तयारी गरिरहेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३