close

ह्वाट्सएपलाई नयाँ नीति फिर्ता लिन भारत सरकारको आग्रह

टेकपाना टेकपाना

माघ ७, २०७७ १७:१४

ह्वाट्सएपलाई नयाँ नीति फिर्ता लिन भारत सरकारको आग्रह

काठमाडौं । भारत सरकारले ह्वाट्सएपलाई फेसबुकले जारी गरेको नयाँ नीतिबाट पछि हट्न आग्रह गरेको छ ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ह्वाट्सएप ग्लोबलका प्रमुखलाई पत्र पठाउँदै प्राइभेसी, डेटा शेयरिङ लगायतको विषय उठाउँदै कम्पनीको नयाँ नीतिको विषयमा सात दिनभित्र प्रस्ट पार्न आग्रह गरेको छ ।

‘भारतमा ह्वाट्सएपका झन्डै ४० करोड प्रयोगकर्ता रहेको छन, यस्तोमा परिवर्तित नयाँ नीतिले भारतीय नागरिकमा प्रभाव पर्नेछ,’ ह्वाट्सएपका प्रमुखलाई मन्त्रालयले लेखेको पत्रमा भनिएको छ, ‘त्यसैले नयाँ नीतिबाट पछि हट्नु व्यवहारिक हुनेछ ।’

उक्त पत्रमा मन्त्रालयले सात दिनभित्र १४ वटा प्रश्नकाे जवाफ माग गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३