close

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

टेकपाना टेकपाना

माघ ७, २०७७ १५:३३

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् ।

यसअघि विश्वविद्यालयको रजिष्टार र कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका थापालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिका लागि डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएकोमा प्रधानमन्त्री ओलीले थापालाई नियुक्त गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवातदेखि नै थापा आबद्ध रहँदै आएका छन् । मेकानिकल इन्जिनियरिङ पृष्ठभूमिका थापाले केही पुस्तक समेत लेखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३