close

पब्जी ग्लोबल च्याम्पियनशिप : फाइनलअघि तीन खेलाडीलाई कोरोना संक्रमण

टेकपाना टेकपाना

माघ ८, २०७७ १३:४५

पब्जी ग्लोबल च्याम्पियनशिप : फाइनलअघि तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली टिम एबरप्ट स्लेयर सहभागी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनल खेल आजदेखि सुरु हुँदै छ । तर फाइनलको पूर्वसन्ध्यामा आयोजकले दुबईको कोकाकोला एरिनामा गर्ने तय भएकाे स्थान परिवर्तन गरेको छ ।

च्याम्पियनशिपमा सहभागी तीन खेलाडीलाई कोरोना पोजेटिभ भएपछि आयोजक पब्जी मोबाइल ईस्पोर्टसले दुबईस्थित पूर्व निर्धारित खेलस्थान परिवर्तन गरेको हाे । सुरक्षाकाे कारण देखाउँदै आयोजकले खेलाडीहरुलाई ‘आइसोलेसन’बाटै प्रतिस्पर्धा गराउने तयारी गरेकाे छ ।

यसअघि च्याम्पनियशिपको लिग चरणका खेलहरु कोरोना महामारीका कारण अनलाइनबाटै खेलाइएको थियो । तर ठूलो प्रयासपछि फाइनल चरणमा पुगेका खेलाडीहरुलाई एकै ठाउँमा ल्याई प्रतिस्पर्धा गराउने अवस्थामा आईपुग्दा खेलाडीलाई कोरोना पोजेटिभ देखापरेकाे हाे ।

No description available.

याे अवस्थापछि आयोजकले खुला स्थानमा प्रतिस्पर्धा नगराई पूर्व योजनाभन्दा केही फरक रुपले खेल सञ्चालन गर्नेछ ।

आयोजकले काेराेना संक्रमित खेलाडीहरूको नाम भने खुलाएकाे छैन । अहिले उनीहरु सेल्फ क्वारेन्टिनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेका खेलाडीहरुको नियमित स्वास्थ्य परीक्षण भएको आयोजकले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३