ट्रेन्डिङ:
भायानेटले ल्यायो ईएमआई अफर, इन्टरनेटको पैसा किस्तामा तिर्न सकिने यसरी आफैं समाधान गर्नुहोस् स्मार्टफोनमा देखिने समस्या एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था घरमा प्रयोग हुने वाई-फाईमा किन आवश्यक छ गेस्ट मोड ? ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था, तर लागू गर्न किन डराउँछन् प्रदेश सरकार ? घरमा प्रयोग हुने वाई-फाईमा किन आवश्यक छ गेस्ट मोड ? एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था गूगलका नेपालीः जसले कोर्दैछन् नेपालको नयाँ नक्सा सार्वजनिक हुने तरखरमा रेड्मी नोट टेन, कस्तो होला फिचर ? नयाँ मोडमा टिम कुक र मार्क जुकरबर्गको लडाइँ, फेसबुकले हटायो एप्पलको पेज भेरिफिकेसन
close

भायानेटले ल्यायो ईएमआई अफर, इन्टरनेटको पैसा किस्तामा तिर्न सकिने

टेकपाना टेकपाना

माघ ९, २०७७

भायानेटले ल्यायो ईएमआई अफर, इन्टरनेटको पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले आफ्ना वार्षिक ग्राहकलाई लक्षित गर्दै ईएमआई अफर ल्याएको हो ।

ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्न यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् ।

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआई स्वरुप केवल १९५६ तिर्नेगरी ३० एमबीपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाईफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) प्राप्त गर्न सक्नेछन् । ईएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाइट समेत उपलब्ध गराइने बताइएको छ ।

यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुनेछ । यो अफर हाल एनआईसी एसिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुका लागि मात्र उपलब्ध छ ।

तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि यसका लागि समझदारी हुने कम्पनीले जनाएको छ । यसरी ईएमआई अफरबाट ग्राहकहरुले एक वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा तिर्न सक्ने सुविधा पाउनेछन् ।

भायानेटले नेपालभर व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र गुणस्तरीय टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । आफ्ना ग्राहकहरुलाई सेवा दिने र अफरहरु प्रदान गर्ने मामिलामा भायानेट सधैं अगाडि हुने गरेको छ ।