close

राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारी राजस्वकाे भुक्तानी अब वालेटबाटै

टेकपाना टेकपाना

माघ ९, २०७७ १४:८

राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारी राजस्वकाे भुक्तानी अब वालेटबाटै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभुपे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ ।

यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेश्नल पेमेन्ट इन्टरफेस प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाईमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरेका छन् ।

महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पीएसपीहरु मार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो

याे साझेदारीसँगै सरकारको डिजिटलाइजेसनको पहललाई थप टेवा पुग्ने विश्वास गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३