close

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २१ को प्रि-बुकिङ सुरू, यस्तो छ विशेषता र अफर

टेकपाना टेकपाना

माघ ९, २०७७ १५:३

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २१ को प्रि-बुकिङ सुरू, यस्तो छ विशेषता र अफर

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो पछिल्लो ग्यालेक्सी एस २१ सिरिजको प्रि-बुकिङ घोषणा गरेको छ । आज शुक्रबारदेखि माघ २२ गतेसम्म प्रि-बुकिङको समय रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस २१ अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा गरी तीन फोनको प्रि-बुकिङको घोषणा गरिएको हो ।

इच्छुकहरुले सामसङको देशभर रहेका स्टोर तथा ई-कमर्श प्लेटफर्महरु दराज, स्मार्ट डोको, सस्तोडिल र ईसेवामा समेत यस फोनको प्रि-बुकिङ गराउन सक्नेछन् । प्रि-बुक गर्ने प्रयोगकर्ताका लागि सामसङले आकर्षक अफर पनि ल्याएको छ ।

जसअन्तर्गत एस २१ अल्ट्रा प्रि-बुक गर्नेका लागि ग्यालेक्सी बड प्रो वा ग्यालेक्सी ट्याब ए८ निःशुल्क वा ग्यालेक्सी ट्याब ए७ एलटीईमा ७१ प्रतिशत छुट वा ग्यालेक्सी वाच थ्रीमा ५६ प्रतिशत छुट प्रदान गरिएको छ ।

samsung s21 all series smartphone

यस्तै एस २१ प्लसको प्रि-बुक गर्ने प्रयाेगकर्ताका लागि ग्यालेक्सी बडमा ७६ प्रतिशत छुट वा नि:शुल्क ग्यालेक्सी ट्याब ए ८ वा ग्यालेक्सी ट्याब ए ७ एलटीईमा ५४ प्रतिशत छुट वा ग्यालेक्सी वाच थ्रीमा ४५ प्रतिशत छुट दिइएकाे छ ।

एस २१ बेस मोडलको प्रि-बुकिङ गर्ने प्रयाेगकर्ताका लागि ग्यालेक्सी बडमा ६१ प्रतिशत छुट वा ग्यालेक्सी ट्याब ए८ मा ६९ प्रतिशत छुट वा ग्यालेक्सी ट्याब ए७ एलटीईमा ४३ प्रतिशत छुट वा त ग्यालेक्सी वाच थ्रीमा ३८ प्रतिशत छुट अफर दिइएकाे छ ।

प्रयोगकर्ताको हरेक क्षणलाई रमणीय र पृथक अनुभूति प्रदान गर्न सामसङको यस फोनमा एकदमै नयाँ प्रविधि, आइडिया तथा फिचरको प्रयोग गरिएकाे कम्पनीले उल्लेख गरेकाे छ ।

उसका अनुसार नयाँ ग्यालेक्सी एस २१ सिरिजमा एकदमै अभूतपूर्व, आइकोनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामेरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर छ ।

यस सिरिजमा भएको एस पेनले फोनको फ्ल्यागशिपको अनुभूतिलाई छुट्टै स्तरमा पुर्‍याउने दाबी कम्पनीकाे छ ।

सिरिजको बेस भेरियन्टको डिजाइनको कुरा गर्दा यसमा ६.२ इन्चको डिस्प्ले छ, जसमा एज टु एज डाइनामिक एमोलेड टु एक्स इन्फिनिटी ओ डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट छ ।

यस्तै दोस्रो मोडल एस २१ प्लसमा ६.७ इन्चको डिस्प्ले, शक्तिशाली ब्याट्री छ, जुन गेमर तथा भिडियो हेर्न रुचाउनेका लागि एकदमै राम्रो छ ।

यस्तै अल्ट्रा मोडलमा ६.८ इन्चको डाइनामिक एमोलेड टु एक्स डिस्प्ले छ । यसमा १२० हर्जको रिफ्रेस रेट, क्वाड एचडी प्लेस डिस्प्ले सहित इन्टेलिजेन्ट स्क्रिन छ ।

यी सबै फोनको स्क्रिनमा ‘आइ कम्फर्ट सिल्ड’ छ, जसले आँखा गल्ने समस्याबाट प्रयोगकर्तलााई सुरक्षा दिन्छ ।

कम्पनीले प्रि-बुक खुलाएसँगै सबै फोनको मूल्य पनि सार्वजनिक गरेको छ । जसमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज सहितको अल्ट्राको मूल्य एक लाख ५४ हजार ९९९ रहेको छ ।

यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको एस २१ प्लसको मूल्य १ लाख २९ हजार ९९९ रहेको छ भने बेस भेरियन्टको मूल्य १ लाख ९ हजार ९९९ रहेको छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३