close

थप रमाइलो र सभ्य रुपमा गेम खेल्न पब्जीले ल्यायो नयाँ फिचर

टेकपाना टेकपाना

माघ ९, २०७७ १५:५६

थप रमाइलो र सभ्य रुपमा गेम खेल्न पब्जीले ल्यायो नयाँ फिचर

काठमाडौं । गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लाेकप्रिय माेबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ । 

पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, ‘गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।

ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । यसैले गेममा एकअर्कालाई मार्दा सबै कुरा मर्यादित र सभ्य होस् भन्ने चाहेर हामीले नयाँ रेपुटेशन सिस्टम ल्याएका छौं ।’

पब्जीमा ल्याइएको यो नयाँ रेपुटेशन सिस्टमले गेमरहरुलाई शुन्यदेखि पाँचको रेन्जसम्म रेपुटेशन लेभल प्रदान गर्दछ । जबसम्म खेलाडीले हानिकारक  स्वभाव प्रदर्शन गर्दैनन्, तबसम्म यो रेपुटेशन स्वभाविक रुपमा बढ्नेछ ।  

अश्लील शब्द प्रयोग गर्ने तथा म्याचलाई छोडिदिने जस्ता गतिविधिले रेपुटेशनलाई तल झार्ने पब्जी कर्पोरेसनको ब्लगमा उल्लेख छ । साथै पब्जीको शर्तलाई उल्लंघन गर्दा पनि रेपुटेशनको स्तर तल झर्नेछ । 

साथै यो पछिल्लो नयाँ १०.२ अपडेटसँगै गेममा नयाँ भिन्टेज स्पोर्ट कार पनि थप भएको छ । यसबाहेक कौप आरबी, डर्ट बाइक कुदाउँदै गर्दा मिडएयरमा रेन्डम स्टन्ट गर्न सकिने क्षमता पनि थप भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३