close

कृषि विकास बैंक कर्मचारीकाे आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

माघ ९, २०७७ १७:३४

कृषि विकास बैंक कर्मचारीकाे आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । कृषि विकास बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । कृषि विकास बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे वेवसाइटबाट अनलाइन आवेदन भर्न सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नाे खल्तीको युजरनेम र पासवर्ड राखेर लगईन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ ।

कृषि विकास बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय भुक्तानी सेवा प्रदायक हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा धेरै बैंकमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टेलिभिजनको बिल भुक्तानी गर्न सकिन्छ ।

साथै फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्सको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क, सरकारी कर तथा सेवा शुल्क समेत खल्तीबाटै तिर्न सकिन्छ । हाल ‘खल्ती’का १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३