close

कार्बन क्याप्चर गर्ने प्रविधि विकास गर्नेलाई १० करोड डलर दिने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

माघ ९, २०७७ १९:१२

कार्बन क्याप्चर गर्ने प्रविधि विकास गर्नेलाई १० करोड डलर दिने एलन मस्कको घोषणा

काठमाडौं । संसारका दाेस्राे धनी व्यक्ति एलन मस्कले कार्बन क्याप्चर गर्न सक्ने उत्कृष्ट प्रविधिलाई १० करोड डलर अर्थात साढे ११ अर्बभन्दा बढी रूपैयाँ दिने घोषणा गरेका छन् । मस्कले ट्वीट गर्दै यस्ताे घाेषणा गरेका हुन् ।

तर उनले यससम्बन्धी अन्य कुनै जानकारी वा विवरण उपलब्ध गराएका छैनन् । उनले आफ्नो अर्को ट्वीटमा यसबारे विस्तृत विवरण अर्को हप्तासम्म आउने बताएका छन् ।

मस्कको ट्वीटबारे जानकार एकजना व्यक्तिले टेकक्रन्चसँग कुरा गर्दै उक्त पुरस्कार राशी एक्सप्राइज फाउण्डेसनसँग सम्बन्धित रहेको बताएका छन् ।

एक्सप्राइज फाउण्डेसन एउटा गैरनाफामूलक संगठन हो । जसले प्राविधिक विकास तथा नवप्रवर्तनलाई हौसला दिन विभिन्न प्रतिस्पर्धा आयोजना गर्दै आइरहेको छ ।

रिफाइनरी तथा उद्योगहरुबाट उत्सर्जन हुने कार्बनडायोअक्साइडलाई उद्गमस्थलबाटै क्याप्चर गरेर त्यसबाट हानिकारक बायोप्रडक्ट हटाउने उद्देश्यका साथ मस्कको यस किसिमको अफरले वातावरण तथा मौसम परिवर्तनको समस्या न्यूनीकरण गर्ने विश्वास गरिएको छ ।

तर यस किसिमको प्रयास भने यो पहिलो होइन । बितेको दुई दशकमा धेरै कम्पनीहरुले विभिन्न विधि लिएर यस किसिमको उद्देश्य प्राप्त गर्न लागि परिरहेका छन् ।

यस किसिमको प्रविधिमा प्रारम्भिक चुनौती भनेको कार्बन क्याप्चर र स्टोरेज तथा सेक्युस्ट्रेसनमा लाग्ने भारी अपफ्रन्ट खर्च हो । धेरै कम्पनीहरुले कार्बन क्याप्चर र उपयोगिताको क्षेत्रमा काम गर्ने बाचा गर्दै आइरहेका छन् ।

यसबाट उत्सर्जित कार्बनलाई संकलन गरी त्यसलाई अझ धेरै मूल्यवान वस्तुमा परिणत गर्दै लैजाने उनीहरुको लक्ष्य रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३