close

बेलुनमार्फत इन्टरनेट सेवा दिने गुगलको परियोजना बन्द हुँदै

टेकपाना टेकपाना

माघ ९, २०७७ २०:२२

बेलुनमार्फत इन्टरनेट सेवा दिने गुगलको परियोजना बन्द हुँदै

काठमाडौं । गुगलले आफ्नो लुन इन्टरनेट परियोजना बन्द गर्ने घोषणा गरेको छ । विश्वको दुर्गम क्षेत्रमा बेलुनद्वारा इन्टरनेट पहुँच पुर्‍याउने गुगलको परियोजनालाई उसैको अभिभावक कम्पनी अल्फाबेटले बन्द गर्ने भएकाे हो । 

दिगो व्यवसायिक मोडल र साझेदार फेला पार्न नसकेको भन्दै कम्पनीले आफ्नो ९ वर्ष लामो परियोजना बन्द गर्न लागेको हो । 

उक्त लुन परियोजनाको मद्दतले पियर्टो रिकोमा तुफानले ध्वस्त भएको कल सेवा सुचारु भएको थियो । अर्बौं प्रयोगकर्ताहरुलाई जोड्ने गुगलको यो एउटा प्रसंशनीय पहलकदमी थियो । 

गत वर्षमात्र कन्याको सरकारबाट सेवा सञ्चालनका लागि आधिकारिकता पाएको लुन बन्द गर्ने अल्फाबेटको यस्तो घोषणाले सबैलाई दुखित र चकित बनाएको छ । 

लुनले २०१९ मा यस परियोजनाका लागि सफ्टबैङ्क युनिटबाट १२ करोड ५० लाख डलर उठाएको थियो । 

अन्तरिक्षप्रति अमेजन र स्पेसएक्सको बढ्दो चासोका कारण पनि अल्फाबेटको यो परियोजना प्रभावित भएको धेरैको अनुमान छ । 

अल्फाबेटले आफ्नो छुट्टै ब्लगपोस्टमार्फत केन्यामा इन्टरनेट कनेक्टिभिटी, उद्यमशीलता र शिक्षामा केन्द्रित रहेर काम गर्न चाहने गैरनाफामूलक कम्पनीलाई एक करोड डलर फण्ड दिने वाचा गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३