close

टिचिङ हस्पिटलमा अब मोबाइलबाटै ओपीडी टिकेट लिन सकिने

टेकपाना टेकपाना

माघ ९, २०७७ २१:५४

टिचिङ हस्पिटलमा अब मोबाइलबाटै ओपीडी टिकेट लिन सकिने

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मोबाइल एपबाटै ओपीडी टिकेट लिन सक्ने व्यवस्था ल्याएको छ । २ महिनासम्म एपको परीक्षण गरेपछि हालै अस्पतालले अनलाइनबाट विभिन्न सेवा लिन सकिने सुविधा ल्याएको हो ।

एपमा डाक्टर र बिरामीका लागि छुट्टा छुट्टै लगईन गर्ने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत बिरामीले आफूले चाहेको अस्पतालको विभाग र डाक्टरसँग स्वास्थ्य परीक्षण र परामर्शका लागि ओपीडी टिकेट लिन सक्छन् ।

यसका लागि अनलाइन टिकेटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफूलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडी वा पेइङ सेवा छनौट गर्न सकिन्छ ।

साथै ईसेवा, प्रभु पे, आईएमई पे र खल्ती वालेटबाट टिकेटको पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।

एन्ड्राेइडका लागि एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । आईओएस प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३