close

ह्वाट्सएपको विकल्पमा सिग्नलपछि ‘मीवी’ मा प्रयोगकर्ताको आकर्षण

टेकपाना टेकपाना

माघ १०, २०७७ ९:४१

ह्वाट्सएपको विकल्पमा सिग्नलपछि ‘मीवी’ मा प्रयोगकर्ताको आकर्षण

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपको गोपनीयता नीति अद्यावधिक भएसँगै डेटा सुरक्षालाई लिएर मानिसहरु धेरै सचेत हुन थालेका छन् । ह्वाट्सएपको विकल्पमा धेरै मानिसहरुले टेलिग्राम तथा सिग्नलमा स्विच गरिसकेका छन् । 

यसबीच फेसबुकका सबै ब्राण्डलाई बहिष्कार गर्ने परिपाटी प्रयोगकर्तामाझ देखिन थालेकाे छ । यसैबीच डेटा सुरक्षाप्रति प्रतिबद्ध मीवी डाउनलोड संख्यामा उच्च वृद्धि आएको छ ।

आफूलाई एन्टी फेसबुक सोसल मिडियाको रुपमा दावी गर्ने मीवीले पछिल्लो हप्तामात्र २५ लाख नयाँ प्रयोगकर्ताहरु आफ्नो एपमा जोडेर एक करोड ६० लाख प्रयाेगकर्ता बनाउन सफल भएकाे छ ।

यसमध्ये ५० प्रतिशत प्रयोगकर्ता अमेरिका बाहिरको रहेको मीवीका प्रवक्ता डेभिड वेस्टरेचले फक्स विजनेससँग बताएका छन् । 

मीवी एउटा नयाँ मूलधारको सोसल नेटवर्क हो, जसमा सबै किसिमका फिचर छन् । यसमा कुनै विज्ञापन, टार्गेटिङ न्युजफिड वा सामग्री नहुने कम्पनीले बताएको छ । 

मोबाइल डेटा तथा एनालिटिक्स कम्पनी एन्नीको अनुसार गत जूनमा मीवीले ८० लाख प्रयाेगकर्ता कटाएको थियो ।

गत बिहीबार यो एप एप स्टोरमा अन्य सोसल मिडिया एपको तुलनामा १४ औं स्थानमा थियो भने गुगल प्लेस्टोरमा १३ स्थानमा थियो । 

हाल यसले एकदमै अभूतपूर्व उडान लिइरहेको विश्लेषकहरु मान्दछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३